मलयालम सुपरस्टार मोहनलाललाई दादासाहेब फाल्के पुरस्कार प्रदान गरिने
नयाँ दिल्ली । दक्षिण भारतीय (मलयालम) अभिनेता सुपरस्टार मोहनलाललाई सन् २०२३ को प्रतिष्ठित 'दादासाहेब फाल्के' पुरस्कारले सम्मानित गरिने घोषणा गरिएको छ ।
भारतीय सिनेमा जगतको सर्वोच्च सम्मान मानिने यो पुरस्कार २०२५ सेप्टेम्बर २३ मा आयोजना हुने ७१ औँ राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा प्रदान गरिनेछ ।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले एक्समार्फत एक पोस्ट सेयर गर्दै यसको पुष्टि गरेको हो । मन्त्रालयले आफ्नो पोस्टमा लेखेको छ, 'मोहनलालको सिनेमा यात्राले पुस्ताहरूलाई प्रेरित गर्छ । यस महान् अभिनेता, निर्देशक र निर्मातालाई भारतीय सिनेमामा उहाँको अतुलनीय योगदानका लागि सम्मानित गरिँदै छ ।'
प्रधानमन्त्री नरेन्द्र मोदीले साउथ सुपरस्टार मोहनलाललाई बधाई दिँदै लेखेका छन्, 'मोहनलाल बहुमुखी प्रतिभाका प्रतीक हुनुहुन्छ । दशकौंदेखि उहाँ मलयालम सिनेमा र रंगमञ्चका एक प्रकाशस्तम्भ रहनुभएको छ र केरलको संस्कृतिप्रति उहाँमा गहिरो लगाव छ । उहाँले तेलुगु, तमिल, कन्नड र हिन्दी चलचित्रहरूमा पनि उत्कृष्ट काम गर्नुभएको छ । उहाँको यात्रा प्रेरणादायी रहेको छ र उहाँका उपलब्धिहरूले आगामी पुस्ताहरूलाई पनि प्रेरित गरिरहनेछन् ।'
सन् १९६० मा जन्मेका मोहनलाल एक भारतीय अभिनेता र चलचित्र निर्माता हुन्, जो मुख्यतया मलयालम सिनेमामा काम गर्छन् । साथै उनले तमिल, हिन्दी, तेलुगु र कन्नड चलचित्रहरूमा पनि अभिनय गरेका छन् । चार दशकभन्दा लामो शानदार करिअरमा उनले ४ सयभन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेका छन् ।
भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २००१ मा पद्मश्री र सन् २०१९ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो ।
मोहनलालले १८ वर्षको उमेरमा आफ्नो करिअर सुरु गरेका थिए । उनले सन् १९७८ मा मलयालम चलचित्र 'थिरनोत्तम' बाट डेब्यु गरेका थिए, तर त्यो चलचित्र २५ वर्षसम्म रिलिज हुन सकेन । उनको पर्दामा पहिलो पटक देखिएको चलचित्र 'मञ्जिल विरिन्जा पुक्कल' थियो, जसमा उनले नकारात्मक भूमिका निभाएका थिए ।
आफ्नो फिल्मी करिअरमा मोहनलालले पाँच वटा राष्ट्रिय पुरस्कार पनि जितेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण