एसी मिलानको सहज जित
आइतबार, ०५ असोज २०८२, १० : ४३
सारांश
- एसी मिलानले इटालियन सिरी ए फुटबलमा उडिनेसेलाई ३-० गोलले पराजित गर्यो।
- क्रिस्टियन पुलिसिकले दुई गोल गरे भने युसुफ फोफानले एक गोल थपे।
- जितसँगै मिलान ९ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
काठमाडौँ । इटालियन सिरी ए फुटबलमा एसी मिलानले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले उडिनेसेमाथि ३–० गोलको जित निकालेको हो ।
उडिनेसेको घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन क्रिस्टियन पुलिसिकले दुई गोल गरे । त्यस्तै युसुफ फोफानले एक गोल गरे ।
खेलको ३९औँ मिनेटमा पुलिसिकले गोल गर्दै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको मिलानले दोस्रो हाफमा थप दुई गोल गरेको हो ।
खेलको ४६औँ मिनेटमा फोफानले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे। पुलिसिकले खेलको ५३औँ मिनेटमा गोल गर्दै मिलानलाई ३–० गोलको जित दिलाए ।
जितसँगै मिलानले ४ खेलबाट ९ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ । पराजित उडिनेसे ७ अंक जोडेर तालिकाको छैटौं स्थनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण