मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
सरुवा

तीन सचिवको सरुवा : गृहसचिव दवाडीलाई हटाएर दंगाललाई ल्याइयो

मङ्गलबार, ०७ असोज २०८२, १३ : १०
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • सरकारले तीन जना सचिवको सरुवा गरेको छ।
  • गृहसचिव गोकर्णमणि दुवाडीलाई योजना आयोगमा सरुवा गरिएको छ।
  • गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दुवाडीमाथि बल प्रयोगको आरोप लागेको थियो।

काठमाडौँ । सरकारले तीनजना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार गृहसचिव गोकर्णमणि दुवाडी, रक्षासचिव रामेश्वर दंगाल र राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्यालको सरुवा गरिएको हो ।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्बाट निर्णय गरिएको निर्णय आजमात्रै जानकारी आएको हो । गृहसचिव दुवाडीलाई योजना आयोगमा पठाइएको छ । उनको स्थानमा रक्षासचिव रामेश्वर दंगाललाई ल्याइएको छ । रक्षासचिवमा योजना आयोगका सचिव अर्याललाई पठाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो ।

सोमबार सार्वजनिक बिदा भएकाले मंगलबार मुख्यसचिव एकनारायण अर्यालले सरुवा प्रमाणित गरेका कार्यालय स्रोतले जानकारी दियो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सचिव दुवाडीले बल प्रयोगका लागि निर्देशन दिएको आरोप लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप