विशेष महाधिवेशनमा जाने प्रचण्डको प्रस्तावले नेकपासँग एकता अन्योलमा
सारांश
- माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाबीचको एकता प्रक्रियामा अन्योलता देखिएको छ ।
- माओवादी अध्यक्ष प्रचण्डले केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेपछि एकता प्रक्रिया प्रभावित भएको हो ।
- नेकपाले वार्ता टोली गठन गरिसकेको छ र दुवै पक्षले महाधिवेशनपछि पनि एकताको सम्भावना रहेको बताएका छन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबिच हुने भनिएको एकता सम्बन्धमा अन्योलता देखिएको छ ।
असोज ५ गते बसेको माओवादीको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति विघटन गरी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेपछि एकता प्रक्रिया अन्योल देखिएको हो ।
भदौ २३ र २४ गते जेनजीको विद्रोहका कारण राजनीति नै उथलपुथल भएपछि प्रचण्डले नयाँ शिराबाट पार्टी पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रचण्डको प्रस्तावलाई बुधबार बस्ने स्थायी समिति बैठकले अन्तिम रूप दिनेछ । बिहीबार केन्द्रीय समिति बैठकमा पेस हुनेछ । यद्यपि केन्द्रीय समिति विघटन भएपनि नेकपा लगायत कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय प्रभावित नहुने उपमहासचिव हरिबोल गजुरेलले बताएका छन् ।
‘केन्द्रीय समितिलाई आयोजक समितिमा रूपान्तरण गरेपनि एकता प्रक्रिया प्रभावित हुँदैन । जेनजी विद्रोहपछि देशमा विशेष परिस्थिति देखा परेको छ । उनीहरूको भावनालाई समेत सम्बोधन हुने गरी विशेष महाधिवेशनमा जाने प्रस्ताव आएको हो’, उनले भने, ‘यही कारणले एकता प्रक्रिया अवरोध हुने म ठान्दिन । दुवै पक्ष तयार भएका महाधिवेशनअघि पनि एकता हुनसक्छ । एकता महाधिवेशन अहिले सम्भव छैन । अहिले सम्भव नभए महाधिवेशनपछि पनि अगाडि बढाउन सकिन्छ ।’
साउन १९ गते सम्पन्न माओवादीको स्थायी समिति बैठकले नेकपा लगायत विचार मिल्ने कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो । पछिल्लो पदाधिकारी बैठकमा नेतृत्वले पद छोड्नुपर्ने दबाब बढिरहेको बेला पार्टी एकता सङ्कटमा परेको छ ।
यता नेकपाले प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरिसकेको छ । भदौ २३ देखि २६ सम्म बसेको केन्द्रीय समिति बैठकले माओवादी लगायत अन्य कम्युनिस्ट घटकसँग एकता गर्ने निर्णय गरेको थियो ।
आगामी फागुनमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिए । माओवादी विशेष महाधिवेशनमा जाने प्रस्ताव उनीहरूको आन्तरिक विषय भएको भन्दै त्यसले एकतामा कुनै प्रभाव नपर्ने बताए ।
‘हामीले माओवादीसँग मात्र एकता गर्ने भनिएको होइन । नयाँ अध्यायबाट नेकपाकै नेतृत्वमा कम्युनिस्ट केन्द्र बनाउने निर्णय भएको हो । महाधिवेशनमा जाने उनीहरूको आन्तरिक विषय हो । तत्काल पार्टी एकताको सम्भावना देखिँदैन’, उनले भने ।
विश्वकर्माले पनि एकता महाधिवेशन सम्भव नभएको बताएका छन् । नेकपा आफै महाधिवेशनमा जाने भनिएकाले एकता महाधिवेशन सम्भावना नभएको जिकिर गरे ।
यद्यपि माओवादी नेतृत्वले आफूहरू विशेष महाधिवेशनमा जान लागिएको जानकारी गराएको र त्यसका लागि शुभकामना दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण