सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

इटालियन अभिनेत्री क्लाउडिया कार्डिनलको निधन

बुधबार, ०८ असोज २०८२, ११ : १६
बुधबार, ०८ असोज २०८२

सारांश

  • प्रसिद्ध इटालियन अभिनेत्री क्लाउडिया कार्डिनेलको फ्रान्समा ८७ वर्षको उमेरमा निधन भयो।
  • उनी 'द लेपर्ड' र 'वन्स अपन अ टाइम इन द वेस्ट' जस्ता फिल्महरूमा आफ्नो भूमिकाका लागि परिचित थिइन्।
  • कार्डिनेलले सन् १९५८ मा 'बिग डिल अन म्याडोना स्ट्रिट' बाट आफ्नो अभिनय करियर सुरु गरेकी थिइन्।

रोम । इटालियन अभिनेत्री क्लाउडिया कार्डिनेलको निधन भएको छ । अभिनेत्री द लेपर्ड, ८½, र वन्स अपन अ टाइम इन द वेस्ट’ लगायत फिल्ममा आफ्नो भूमिकाका लागि चर्चित थिइन् । मंगलबार फ्रान्सको नेमोर्समा ८७ वर्षको उमेरमा अभिनेत्रीको निधन भयो ।

नेमोर्सस्थित घरमा प्राकृतिक कारणले अभिनेत्रीको मृत्यु भएको कार्डिनेलका एजेन्ट लरेन्ट सवारीले पुष्टि गरेका छन् । यस घरमा उनी फिल्म निर्माता पास्क्वाले स्क्विटेरीसँगै बस्थिन् । २०१९ मा हिप सर्जरी गराएपछि अभिनेत्री सार्वजनिक रूपमा कमै देखा परिरहेकी थिइन् । उनलाई कुनै ज्ञात दीर्घकालीन रोग नभएको केही मिडिया रिपोर्टहरूले बताएका छन् ।

ट्युनिसियामा सौन्दर्य प्रतियोगिता जितेपछि क्लाउडिया कार्डिनेलले १७ वर्षको उमेरमा आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले इटालियन फिल्म उद्योगमा प्रवेश गरिनन् । १९५८ को कमेडी क्लासिक ‘बिग डिल अन म्याडोना स्ट्रिट’ बाट उनले अभिनयमा डेब्यू गरिन् ।

यस फिल्ममा कार्डिनेलले कालो पोसाक लगाएकी सिसिलियन केटीको भूमिका निर्वाह गरेकी थिइन् । यो फिल्म फ्रान्को क्रिस्टल्डीले निर्माण गरेका थिए कार्डिनेलले पछि क्रिस्टल्डीसँग विवाह गरिन् । यो विवाह १९६६ देखि १९७५ सम्म चल्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप