शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दुई वरिष्ठ कमान्डरसहित पाँच नक्सलवादी विद्रोहीको मृत्यु

बुधबार, ०८ असोज २०८२, २२ : २०
बुधबार, ०८ असोज २०८२

सारांश

  • भारतमा दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही प्रहरीको गोली लागी मृत्यु भएको छ।
  • सरकारले माओवादी विद्रोहलाई मार्च २०२६ सम्ममा समाप्त गर्ने वाचा गरेको छ।
  • विगत तीन दशकदेखि सक्रिय रहेका दुई शीर्ष माओवादी नेता मारिएका छन्।

रायपुर । भारतमा दुई वरिष्ठ कमान्डरसहित पाँच माओवादी विद्रोही प्रहरीको गोली लागी मृत्यु भएकोे अधिकारीहरूले बुधबार बताएका छन्। गत हप्ता छापामारहरूले एकतर्फी रूपमा लडाइँ रोक्ने घोषणा गरेयता भएको यो पहिलो ठूलो आक्रमण भएको भारतीय सुरक्षा बलले जनाएको छ। 

भारतको केन्द्र सरकारले दशकौँ लामो द्वन्द्वलाई दबाउन चौतर्फी आक्रमण सुरु गरेको छ र मार्च २०२६ सम्ममा माओवादी विद्रोहलाई समाप्त गर्ने वाचा गरेको छ।

पछिल्लो पटक झारखण्ड र छत्तीसगढमा गोली हानाहान भएको बताइएको छ । ‘झण्डै जनमुक्ति परिषद् (जेजेएमपी का तीन सदस्य सुरक्षाकर्मीसँगको गोली हानाहानमा मारिएका छन्,’ प्रहरी महानिरीक्षक माइकलराज एसले एएफपीलाई जानकारी दिए ।

झन्डै छ दशकअघि सुरु भएको माओवादी प्रेरित छापामार आन्दोलन जेजेएमपी नक्सलवादी आन्दोलनको एउटा विभाजनकारी समूह हो, जसको नाम हिमालयको फेदमा रहेको एक गाउँको नामबाट राखिएको छ। 

माओवादीले गत साता सशस्त्र सङ्घर्ष स्थगित गरेको र सरकारसँग वार्ताको प्रस्ताव गरेको थियो । अधिकारीहरूले उनीहरूले दाबीहरूको सत्यता जाँच गरिरहेको बताएका छन्। सोमबार सुरक्षा फौजले मध्य भारतको अबुझमाद क्षेत्रमा दुई शीर्ष माओवादी नेताहरू कट्टा रामचन्द्र रेड्डी र कादरी सत्यनारायण रेड्डीको गोली लागी मृत्यु भएको जनाएका छन् । 

विगत तीन दशकदेखि सक्रिय रहेको र सुरक्षा फौजमाथि भएका कैयौँ घातक आक्रमणका लागि उनीहरुमाथि आरोप लगाइएको बताइएको छ ।
 
गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रा सुरक्षा बलले योजनाबद्ध ढङ्गले नक्सलवादीको शीर्ष नेतृत्वलाई ध्वस्त पारिरहेका छन् र ‘लाल आतङ्क’ को मेरुदण्ड तोडिरहेका छन् ।’
 
यसअघि नक्सलवादीहरूले फेब्रुअरीमा उनीहरूले युद्धविरामको आह्वान गरेका थिए तर पनि वार्तामा संलग्न हुने प्रस्तावलाई अधिकारीहरूले अस्वीकार गरेका थिए।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म ४५० जना माओवादी मारिएका छन् । सन् १९६७ मा मुट्ठीभर केही गाउँलेहरूले आफ्ना सामन्ती शासकहरूविरुद्ध गरेको विद्रोहका कारण भएको द्वन्द्वमा १२ हजारभन्दा बढी विद्रोही, सैनिक र सर्वसाधारणको मृत्यु भएको छ।

सन् २००० को दशकको मध्यमा अनुमानित १५ हजार देखि २० हजार लडाकुहरूको साथ चलेको विद्रोहले देशको लगभग एक तिहाइ भागमा प्रभाव पारेको थियो तर हालैका वर्षहरूमा यो नाटकीय रूपमा कमजोर भएको छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप