धादिङको जवाङ खोलामा पहिरो, राजमार्ग पूर्ण अवरुद्ध
सारांश
- धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पहिरो जाँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
- बाँदरे मोड नजिक र जवाङ खोलामा पहिरोका कारण यातायात बन्द भएको छ।
- प्रहरीका अनुसार भोलि बिहान मात्र पहिरो पन्छाउने काम सुरु गरिनेछ र यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
काठमाडौँ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ खोलामा गएको पहिरोका कारण पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बाँदरे मोड नजिक बुधबार राति १० बजे तिर दुई स्थानमा पहिरो खस्दा सडक बन्द भएको हो।
धादिङको धुनिवेशी नगरपालिका–१ ठूलोखोला धार्के–सितापाइला सडकखण्ड र बेनीघाट रोराङ गाउँपालिका–१० बाँदरे मोड दुवै ठाउँमा पहिरो झरेपछि यातायात आवागमन पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।
धादिङका एसपी भेषराज रिजालका अनुसार जवाङ खोलामा दुई ठाउँमा लगातार पहिरो खसिरहेको छ। ढुङ्गा र पानी झरिरहेकाले अहिले काम गर्ने अवस्था छैन। राति सडक खोल्न असम्भव भएकाले बिहान मात्र पहिरो पन्छाउने कार्य सुरु गरिने उनले बताए। चितवनको घोप्टेभीर क्षेत्रमा समेत लेदो र पहिरो खसेकाले त्यहाँ पनि समस्या देखिएको उनले जानकारी दिए।
सामान्य वर्षा भइरहेकाले तत्काल सडक सुचारु गर्न कठिन भएको प्रहरीले जनाएको छ। भोलि बिहान ६ बजेसम्म सडक बन्द रहने र त्यसपछि मात्र पहिरो पन्छाउने काम सुरु गरिने एसपी रिजालले बताए। यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न समेत आग्रह गरिएको छ।
यसैबीच, मुग्लिन–नारायणगढ सडकअन्तर्गत तुइन खोलामा हिजोदेखि नै आएको ठुलो पहिरोका कारण पनि सडक अवरुद्ध भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण