प्रचण्डले फरक भूमिकाको प्रस्ताव गर्नुभएको छ : वर्षमान पुन
सारांश
- वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताए।
- उनले आन्दोलनको माग सकारात्मक भए पनि आगजनी र तोडफोडको निष्पक्ष छानबिन हुनुपर्ने बताए।
- प्रचण्डले नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने प्रस्ताव राखेको र यस विषयमा छलफल हुने पुनले बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न प्रेरित गरेको बताएका छन् । केन्द्रीय कमिटी बैठकअघि प्रज्ञा भवनमा विकसित परिस्थितिबारे सञ्चारकर्मीसँग बोल्दै जेनजीले अघि सारेका माग सकारात्मक हुँदाहुँदै पनि २४ गते भएको आगजनी, तोडफोड र लुटपाटको सरकारले निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने बताए ।
‘जेनजी आन्दोलनले समाजलाई नै नयाँ ढङ्गले सोच्न बाध्य बनाएको छ’, उनले भने– ‘आर्थिक, सामाजिक, राजनीतिक लगायतका सवै संरचनामा नयाँ ढङ्गले सोच्न प्रेरित गरेको छ ।’
आन्दोलनलाई ऊर्जाका रूपमा लिनुपर्ने पनि पुनको भनाइ छ । माओवादी केन्द्रभित्र नेतृत्व भइरहेको नेतृत्व परिवर्तनको चर्चाबारे पुनले अध्यक्ष प्रचण्डले नै नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने र आफ्नो भूमिका परिवर्तनका लागि प्रस्ताव नै गरेको बताए ।
‘महाधिवेशनमार्फत विधि बनाऔँ, पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भनेर उहाँ (प्रचण्ड) ले नै प्रस्ताव राख्नुभएको छ’, नेता पुनले भने– ‘त्यसबारेमा हामी खुला छलफल गर्छौ ।’
उनले नयाँ नेतृत्वसहित आम जनतासँगै छलफल गरेर निर्णय गरिने भन्दै १८ देखि २८ वर्ष उमेर समूहका युवालाई पनि पार्टी केन्द्रमा ल्याइने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण