युवाभन्दा असल दृष्टिकोण भएको नेतृत्व आवश्यक
नेपाल अहिले राजनीतिक अस्थिरताको गहिरो चक्रमा छ । सरकार छोटो–छोटो अवधिमा परिवर्तन भइरहेका छन्, दलहरूबिच विश्वासको संकट छ, जनतामा राजनीतिप्रतिको आस्था कमजोर हुँदै गएको छ । बेरोजगारी, वैदेशिक पलायन, बढ्दो महँगी, भ्रष्टाचार, असमानताजस्ता समस्या दिन प्रतिदिन चर्किंदै गएका छन् । यस्ता संवेदनशील परिस्थितिमा देशलाई स्थायित्व र प्रगतितर्फ लैजान नेतृत्व आवश्यक छ तर त्यो नेतृत्व केवल उमेरको आधारमा होइन, असल दृष्टिकोणका आधारमा चयन हुनुपर्छ ।
जेन–जी आन्दोलनले हालै देशभर चर्चा पायो । यो आन्दोलन युवाको असन्तोषको प्रतीक हो । उनीहरूले परिवर्तनको माग गरे, तर आन्दोलन नेतृत्वविहीन र दृष्टिकोणविहीन बनेपछि त्यसले अपेक्षित परिणाम दिन सकेन । यसले प्रस्ट देखायो— युवाहरू जागेर मात्रै पुग्दैन, दृष्टिकोणसहितको युवा नेतृत्व समेत चाहिन्छ ।
विश्व राजनीतिमा अब्राहम लिंकन, नेल्सन मन्डेला, महात्मा गान्धी वा नेपालको सन्दर्भमा बीपी कोइराला, प्रचण्डजस्ता नेताको सफलताको कारण उनीहरूको उमेर होइन, उनीहरूको दृष्टिकोण थियो । राजनीतिप्रतिको जनविश्वास हराउँदै आज नेपाली नागरिकमा व्यापक असन्तोष छ । हामीकहाँ राजनीतिक दलहरू जनताको भन्दा पनि सत्ताको हिसाबमा केन्द्रित भएको देखिन्छ । संसद्मा विवाद, सडकमा असन्तोष र सामाजिक सञ्जालमा असहमति बढिरहेको छ । युवाहरू बिदेसिन बाध्य छन्, जनताले विकासभन्दा पनि दैनिक जीवनयापन चलाउन संघर्ष गर्नुपरेको छ । यस्तो अवस्थामा जनताले ‘नयाँ नेतृत्व’को खोज गरिरहेका छन् ।
नयाँ नेतृत्व भन्नाले केवल नयाँ उमेरका मानिस मात्र होइन; नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ कार्यशैली भएका व्यक्तिलाई बुझिन्छ ।
केवल ‘युवा नेतृत्व’ भन्ने नारा पर्याप्त छैन, जनताले खोजिरहेको छ— राष्ट्रलाई संकटबाट मुक्त गर्ने र देशलाई समृद्ध बनाउने असल दृष्टिकोणसहितको नेतृत्व ।
सडक आन्दोलनदेखि संसद्सम्म ‘युवा नेतृत्व चाहिन्छ’ भन्ने नारा बलियो छ । नेपालमा पटक–पटक देखिएको छ— उमेर मात्र बदलिँदा राजनीति बुझिन्छ । दृष्टिकोणविहीन युवाले पनि भ्रष्टाचार, व्यक्तिगत स्वार्थ र अवसरवादको बाटो समातेका उदाहरण प्रशस्तै बुझिन्छ । राजनीतिक दलहरूले युवालाई अवसर दिने नाममा केवल भोट काट्ने र भिड परिचालन गर्ने साधनका रूपमा प्रयोग गरेको पनि देखिन्छ ।
त्यसैले युवा नेतृत्व अनिवार्य भए पनि त्यो मात्र पर्याप्त छैन । अहिलेको सन्दर्भमा हामीकहाँ दृष्टिकोणयुक्त नेतृत्व आवश्यक छ । नेपाललाई अहिले यस्तो नेतृत्व चाहिएको छ, जसले स्थायित्व कायम गर्न, बारम्बार सरकार परिवर्तनको संस्कृति अन्त्य गरी दीर्घकालीन नीतिमा जनताको विश्वास सुशासन सुनिश्चित गर्न सक्छ । यस्तै बढ्दो भ्रष्टाचार, नातावाद र गुटबन्दीलाई रोक्न; अर्थतन्त्रलाई सुदृढ गर्न; वैदेशिक रोजगारमा पलायन हुने क्रम रोक्दै रोजगारी सिर्जना गर्न; समाजलाई एकतामा बाँध्न; जातीय, भाषिक र भौगोलिक विभाजनलाई सहकार्य र समावेशितामा बदल्न; वैदेशिक सम्बन्ध सन्तुलित गर्न; छिमेकी मुलुक र विश्व शक्तिहरूसँग समान हैसियतमा सम्बन्ध व्यवस्थापन गर्न सक्छ ।
यी चुनौतीसँग जुध्नका लागि उमेर मात्र होइन, स्पष्ट दृष्टिकोण र दीर्घकालीन रणनीति आवश्यक छ । राष्ट्रलाई पहिलो प्राथमिकता दिने सोच भएको; जनताको दुःख–पीडालाई बुझ्ने संवेदनशीलता भएको; समस्या समाधानमा व्यावहारिक दृष्टिकोण भएको; युवा ऊर्जालाई राष्ट्र निर्माणतर्फ परिचालन गर्ने क्षमता भएको; भोलिको नेपाललाई समृद्ध, न्यायपूर्ण र स्थिर बनाउन चाहने दीर्घदृष्टि भएको युवा नेतृत्व आजको आवश्यकता हो । यस्ता गुण भएका नेताले मात्र अहिलेको जटिल अवस्थाबाट मुलुकलाई बाहिर निकाल्न सक्छन् ।
नेपालको वर्तमान परिस्थिति अत्यन्त जटिल र संवेदनशील छ । यस अवस्थामा केवल ‘युवा नेतृत्व’ भन्ने नारा पर्याप्त छैन, जनताले खोजिरहेको छ— राष्ट्रलाई संकटबाट मुक्त गर्ने र देशलाई समृद्ध बनाउने असल दृष्टिकोणसहितको नेतृत्व ।
त्यसैले भन्नैपर्छ— राजनीतिमा उमेरको दृष्टिकोणको मूल्य अधिक छ । युवा मात्र होइन, दृष्टिकोणसहितका युवा वा अनुभवी नेता आवश्यक छन् । आजको नेपाललाई ऊर्जासँगै इमान, दूरदर्शिता र नीतिगत स्पष्टता भएको नेतृत्व चाहिएको छ । राजनीतिमा युवा नेतृत्वभन्दा असल दृष्टिकोण भएको व्यक्तिको आवश्यकता अहिलेको नेपालमा सबैभन्दा ठुलो आवश्यकता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली नेकपाका सचेतक भन्छन्- एमालेसँगको सहकार्य सहज तरिकाले अघि बढ्ला जस्तो लाग्दैन
-
'हामीलाई अपराधी बनाइयो, माग पूरा नभए श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया ठप्प पार्छौँ'
-
‘अम्लेखगञ्ज–रक्सौल रेल्वे र चिनी मिलको जग्गा सरकारी जमिनमा बस्नेहरूलाई वितरण गर्न सकिन्छ’
-
डलर साटिदिने भन्दै लुटपाट गरेको आरोपमा ४ जना पक्राउ
-
सीमा अपराध नियन्त्रण र राजस्व चुहावट नियन्त्रणमा नतिजामुखी काम गर्न निर्देशन
-
नारायणी नदी तटबन्ध निर्माणले समात्यो गति, चार वर्षपछि अन्तिम चरणमा आयोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण