नवीन न्यौपाने नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त
बिहीबार, ०९ असोज २०८२, १५ : ११
सारांश
- अखिल नेपाल फुटबल संघ (एन्फा) ले नवीन न्यौपानेलाई नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
- न्यौपानेको कार्यकाल साफ महिला च्याम्पियनसिप २०२६ सम्म रहनेछ।
- सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त भएका छन्।
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नवीन न्यौपानेलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। उनको कार्यकाल साफ महिला च्याम्पियनसिप २०२६ सम्म रहनेछ।
न्यौपानेले बिहीबार (आज) एन्फा कम्प्लेक्समा आयोजित एक कार्यक्रममा एन्फाका महासचिव किरण राईबाट नियुक्ति पत्र ग्रहण गरेका हुन्। त्यस्तै, सहायक प्रशिक्षकमा भगवती थापा र राज कुमार केसी नियुक्त भएका छन् ।
यसैगरी, बिन्द्रा देवान टोली व्यवस्थापक (टीम म्यानेजर), शीला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहनेछन्।
नयाँ प्रशिक्षक न्यौपानेको नेतृत्वमा नेपाली महिला टोलीले आगामी साफ महिला च्याम्पियनसिप २०२६ लगायतका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्नेछ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण