भूमि आयोगका कर्मचारीले भने– ‘१३ लाख आवेदन अलपत्र पारेर भूमि आयोग खारेज नगरियोस्’
सारांश
- भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय सच्याउन कर्मचारीहरूले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
- आयोग खारेज भएमा १३ लाखभन्दा बढी नागरिक प्रभावित हुने र करोडौंको लगानी खेर जाने भन्दै पुनर्विचारको माग गरिएको छ।
- कर्मचारीहरूले रोजगारी सुरक्षा, जनमुखी कार्य निरन्तरता र दिगो समाधानको बाटो खोज्नुपर्ने माग राखेका छन्।
काठमाडौँ । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय सच्याउन माग गर्दै आयोगमा कार्यरत कर्मचारीहरूले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ध्यानाकर्षण गराएका छन् । आयोग खारेज गरिएमा करोडौँ रुपैयाँको लगानी खेर जाने र १३ लाखभन्दा बढी नागरिक प्रत्यक्ष प्रभावित हुने भन्दै उनीहरूले निर्णयमा पुनर्विचार गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका हुन् ।
आयोगले हालसम्म ८८ हजार ८९५ भूमिहीन दलित, १ लाख ६८ हजार ४४१ भूमिहीन सुकुम्वासी र ८ लाख ७२ हजार १८१ अव्यवस्थित बसोबास गरी जम्मा ११ लाख २९ हजार ५१७ निवेदनहरू दर्ता गरिसकेको छ ।
साउन ३० मा थप आवेदन माग गरिएकाले करिब डेढ लाखभन्दा बढी निवेदन थपिने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसरी हेर्दा करिब १३ लाखभन्दा बढी नागरिक आयोगका गतिविधिबाट प्रत्यक्ष प्रभावित हुने उनीहरूको भनाइ छ ।
यो निर्णयले राज्यको करोडौँ लगानी खेर जाने, लाखौँ नागरिकलाई अनिश्चितता हुने उनीहरूको भनाइ छ । यो निर्णय आफैँमा संविधान विपरीत रहेको रहेको, यसले कर्मचारीको भविष्यमाथि प्रश्न खडा गरेको, राजस्व सङ्कलनमा अवरोध गरेको तथा सामाजिक(आर्थिक असन्तुष्टि र अस्थिरता बढ्न सक्ने चेतावनी समेत उनीहरूले दिएका छन् ।
सात जना कर्मचारीले बुझाएको उक्त पत्रमा चार बुँदे माग प्रस्तुत गरिएको छ ।
१. आयोग अन्तर्गत कार्यरत कर्मचारीहरूको रोजगारी, सेवा र भविष्य सुरक्षित गरियोस् ।
२. जग्गाधनी प्रमाण-पुर्जा वितरण, राजस्व सङ्कलन र तथ्याङ्क व्यवस्थापन जस्ता जनमुखी कार्यहरू अवरुद्ध नगरियोस् ।
३. राज्यको महत्त्वपूर्ण अभियानलाई दिगो समाधानको बाटोमार्फत निरन्तरता दिइयोस् ।
४. कुनै पनि परिवर्तनले सामाजिक न्याय, समावेशी विकास र दिगो समाधानका आधारलाई प्रभावित नगरोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण