समाचार
कारागारबाट भागेकाहरू फिर्ता ल्याउन कार्यदल गठन, दिइयाे कार्यादेश
शुक्रबार, १० असोज २०८२, १८ : ४०
सारांश
- भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन कार्यदल गठन गरियो।
- कार्यदलले जिल्ला प्रशासन, प्रहरी, सशस्त्र प्रहरी लगायतका निकायसँग समन्वय गरी खोजी अभियान चलाउनेछ।
- फरार कैदीबन्दीलाई तत्काल पक्राउ गर्न र कारागारमा फर्काउनका लागि गृहमन्त्रीस्तरीय निर्णय भयो।
काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई फिर्ता ल्याउन फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको छ ।
कारागार व्यवस्थापन विभागका अनुसार भागेका कैदीहरूको अवस्था बुझ्न, नियन्त्रणमा ल्याउन र कानुनी प्रक्रिया अघि बढाउन सहायक प्रमुख जिल्ला अधिकारीकाे संयाेजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि समेत सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदल गठन गरिएको हो ।
फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्ने कार्यलाई अझ सघन रूपमा अघि बढाउन शुक्रबार गृहमन्त्रीस्तरीय निर्णय गरिएको हो ।
कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्कन पुनः आग्रह समेत गरिएको छ । कार्यदललाई तीन बुँदे कार्यादेश समेत दिइएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण