कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं.२०८२ साल आश्विन ११ गते । शनिबार । इस्वी सन् २०२५ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शरद ऋतु । श्रीशाके १९४७ । आश्विन शुक्लपक्ष । तिथि–पञ्चमी, ७ घडी ३ पला, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त षष्ठी ।
नक्षत्र–अनुराधा, ४३ घडी ६ पला, बेलुकी ११ बजेर ९ मिनेट उप्रान्त ज्येष्ठा । योग–प्रीति, ४३ घडी २ पला, बेलुकी ११ बजेर ८ मिनेट उप्रान्त आयुष्मान । करण–बालव, बिहान ८ बजेर ४४ मिनेट उप्रान्त कौलव, बेलुकी ९ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–वृश्चिक ।
काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५२ मिनेट । दिनमान २९ घडी ५६ पला ।
आजको बार बेला
बिहान ५ बजेर ५५ मिनेटसम्म काल बेला ।
बिहान ५ बजेर ५६ मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म शुभ बेला ।
बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म रोग बेला ।
बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५४ मिनेटसम्म चर बेला ।
बिहान ११ बजेर ५५ मिनेटदेखि दिउसो १ बजेर २४ मिनेटसम्म लाभ बेला ।
दिउसो १ बजेर २५ मिनेटदेखि दिउसो २ बजेर ५३ मिनेटसम्म अमृत बेला ।
दिउसो २ बजेर ५४ मिनेटदेखि बेलुकी ४ बजेर २३ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर २४ मिनेटदेखि बेलुकी ७ बजेर २३ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १९ मिनेटदेखि बिहान ४ बजेर ५७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागि हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । यात्रा तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) तार्किक क्षमतामा वृद्धि भएर जानेछ भने वाणीमा थप निखरता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्गी प्रतिको आकर्षण बढेर जानेछ । खानपान, यात्रा, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यातित हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे आम्दानी हुनेछ । तपाईँको कुरा काट्ने तथा बिरोध गर्नेहरू तपाईँकै प्रशंसा गर्न थाल्नेछन् । कुनै पनि प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै जित हात पार्न सकिनेछ । मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । शरीर स्वास्थ्य रहने हुनाले राम्रा काम गरी दाम कमाउन सकिनेछ । खेलकुद, यात्रा, मनोरञ्जन, पारिवारिक मिलन तथा खानपानमा समय व्यातित हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तान प्राप्तिको योग रहेको छ धने सन्तानको प्रगति देख्न पाइनेछ । धर्म शास्त्र तथा अध्यात्म ज्ञानमा विशेष चासो बढ्नेछ । प्रेम गर्ने जोडीहरूले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाइने हुनाले मन प्रसन्न हुनेछ । पारिवारिक मिलन, शुभकामना साटासाट, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । दैनिक उपभोग्य बस्तु तथा चाडबाड लक्षित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आमा, आफन्त तथा सहयोगीबाट भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । सवारी साधन तथा स्थायी सम्पत्ति जोड्न सकिनेछ । समाजमा जनताको काम गर्दा पद प्रतिष्ठा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जीवन साथीले हर क्षेत्रमा सहयोग गर्ने तथा माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुशार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । मन परेको मानिसलाई लिएर यात्रामा निस्कन शकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । चाडबाड लक्षित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । यात्रा, खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यातित हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) चाडबाड लक्षित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । आफन्त तथा साथीभाइहरूको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकी तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ । परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री, दैनिक उपभोग्य बस्तु तथा औषधीजन्य सामान व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । यात्रा, मनोरञ्जन तथा खानपानमा समय व्यातित हुनेछ । तर पनि गैह्र न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ । माया प्रेममा अविश्वास बढ्ने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनलाइन व्यापार, उपभोग्य बस्तु तथा पहिरनको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवस्यक्ताहरु परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ । यात्रा तथा पारिवारिक माहौलमा समय व्यातित हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) औषधीजन्य सामान, दैनिक उपभोग्य वस्तु तथा पहिरनको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । माया प्रेममा सामीप्य बढ्नेछ । कार्यक्षेत्रका बोलीको प्रभाव बढ्ने तथा मान सम्मानमा वृद्धि हुन्छ । पारिवारिक मिलनले मन प्रसन्न हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण