पर्यटनको सिजनमै सुनसान छ ठमेल (तस्बिरहरू)
सारांश
- ठमेलमा पर्यटकको आगमन घट्दै गएको छ, जसलाई व्यवसायीहरूले राजनीतिक अस्थिरता र सुरक्षा समस्यालाई दोष दिएका छन्।
- ट्राभल एजेन्सी सञ्चालक मदन अधिकारीका अनुसार जेनजी आन्दोलनपछि बुकिङ २५ प्रतिशतले घटेको छ।
- स्थानीय व्यापारीहरूले सुरक्षाको चिन्ता र प्रचारको कमीलाई पर्यटकको घट्दो संख्याको कारण मानेका छन्।
काठमाडौँ । नेपालकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा हरेक वर्ष यो सिजनमा विदेशी पर्यटकले भरिभराउ हुने ठाउँ हो । असोज–कार्तिकलाई यहाँको ‘गोल्डेन सिजन’ मानिन्छ । होटलदेखि सवारीदेखि ट्राभल एजेन्सीसम्म सबैको व्यापार चम्किने बेला हो यो । तर यसपटक वर्ल्ड टुरिजम डे (सेप्टेम्बर २७) को दिनमै ठमेलको माहौल केही फिका देखिन्छ ।
४५ वर्षका मदन अधिकारी, जसले २६ वर्षदेखि ट्राभल एजेन्सी चलाइरहेका छन् । उनी भन्छन्, “२०२५ मा बुकिङ राम्रै थियो तर जेनजी आन्दोलनपछि २५ प्रतिशत घट्यो । युरोपबाट अझै बढी ग्राहक आउँछन्, अनि चीन–भारतबाट पनि आउँछन् । तर राजनीतिक अस्थिरता र सुरक्षा समस्याले साँच्चिकै असर गरेको छ।”
_vkmVPS2DNO.jpg)
उनका अनुसार अहिलेको सिजनमा मनासलु, एभरेस्ट र लाङटाङ क्षेत्र लोकप्रिय छन् । “पहिला अन्नपूर्ण बेस क्याम्प हिट थियो, तर सडक निर्माणले आकर्षण घटाएको छ,” उनी थप्छन् । भारतीय पर्यटकहरू तीर्थस्थल रोज्छन् भने चिनियाँहरू लुम्बिनी, चितवन, पोखरातिर आकर्षित हुने गर्छन् । युरोपेली भने संस्कृति र प्रकृति दुवैमा रमाउँछन् ।
_Razax5XsYX.jpg)
महँगो हवाई टिकट, अधुरो पूर्वाधार र कमजोर सुरक्षा उनीले देखेका मुख्य समस्या हुन् । “नेपाल टुरिजम बोर्डले पर्यटनलाई देशकै रुपमा प्रमोट गरेको मैले देखिनँ, आफ्नो नजिकका कम्पनीलाई मात्र उठाउने गरेको छ ।” उनले भने ।
_JtEOktPjYi.jpg)
ठमेलका स्थानीय व्यापारीहरूको अनुभव पनि उस्तै निराशाजनक छ । ६५ वर्षका वैकुण्ठ पाण्डे, जसले चार दशकभन्दा बढी समयदेखि हस्तकला पसल चलाइरहेका छन्, भन्छन्, “यो सिजनमा ४५ जना बुकिङ गरेर आएको समूहले आन्दोलनकै कारण गेस्टहाउसमा बुकिङ क्यान्सिल गर्यो । ४६ वर्षमै यस्तो स्थिति मैले देखिनँ । सेप्टेम्बर, अक्टोबर, नोभेम्बर हाम्रो पिक सिजन हो, तर अहिले दिनको ५ हजार नाफा हुनुपर्नेमा ४ सय–८ सय मात्र छ ।”
_E50c4wcEBj.jpg)
उनका अनुसार, युरोपेली पर्यटक बढी आउने भए पनि अहिले ‘नेपाल असुरक्षित छ’ भन्ने समाचारले आगमन घटेको छ । “नेपाल स्वर्गजस्तो देश हो । हिमाल, संस्कृति, जडीबुटी, सभ्यता—तर राजनीतिज्ञहरूको खेलले यसलाई नर्कझैँ बनाइराखेको छ,” उनी भन्छन् । ममुन केसी
_SlnSHI72V0.jpg)
_xhYCY5O4E0.jpg)
_DFog6gjFHj.jpg)
_Nh83ZOZXcm.jpg)
_zKXgHbVCXW.jpg)
_6M0ALus7Ev.jpg)
_As9yr8vLAr.jpg)
_KdNGtKZhc1.jpg)
_e3hkmu3eap.jpg)
_SXAWZxGKek.jpg)
_aVw2gL4pNZ.jpg)
_GKty8AuXqk.jpg)
_pnrVuo9hEB.jpg)
_IX1Hc0VGIZ.jpg)
_wCLO8J713a.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण