माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
पोखरा । मनमोहक माछापुच्छ्रे मुस्कुराइरहेको छ तर पर्यटकीय सहर सुनसान छ । तालतलैया, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरा यो याममा पर्यटकले भरिभराउ हुने समय हो तर पोखरा पर्यटकको प्रतीक्षामा छ ।
होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले यो याममा ७० देखि ८० प्रतिशतसम्म हुने अकुपेन्सी अहिले घटेर १५ देखि २० प्रतिशतमा सीमित भएको बताए । सेप्टेम्बरमा ४० प्रतिशत ‘बुकिङ’ रद्द भएको उनले सुनाए ।
सुवेदीका अनुसार अहिले सम्मको प्रारम्भिक अनुमानले पोखराका ठुला ६ वटा होटलसहित मध्यम र सानास्तरका होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी तथा पर्यटनसँग प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जोडिएका व्यवसायमा पनि सामान्यदेखि असर परेको छ ।
करिब रु साढे दुई अर्ब बराबरको क्षति भएको छ । पोखराको पर्यटन क्षेत्रमा रु आठ खर्ब बराबरको लगानी भएको छ । करिब १५ हजारले रोजगारी पाएका छन् ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपीबहादुर भट्टराईले बताए । उनले भने,“अहिलेको घटनाले अन्तरराष्ट्रियस्तरमा नै नकारात्मक सन्देश पुगेको छ तर नेपालको पर्यटन सुरक्षित रहेको सन्देश प्रवाह गर्न नेपाल पर्यटन बोर्ड र सरोकार भएका अन्य निकायको भूमिका महत्त्वपूर्ण हुन्छ ।”
यसैबिच नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनका लागि ‘आइ एम इन नेपाल नाउ’ ‘ह्यासट्याग’ अभियान सुरु गरेको छ ।
बोर्डले ‘रियल–टाइम स्टोरी’हरू उत्पादन गरेर सामाजिक सञ्जालमार्फत नेपाल पर्यटकका लागि सुरक्षित गन्तव्य भएको सन्देश प्रवाहको प्रयासलाई निरन्तरता दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण