शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: नेपालको ऐतिहासिक जित, जेनजी आन्दोलनपछि पहिलोपटक देखिए ओली

आइतबार, १२ असोज २०८२, ०० : ००
आइतबार, १२ असोज २०८२

सारांश

  • दसैँ बिदामा अस्पतालहरूले स्वास्थ्य सेवालाई निरन्तरता दिने योजना बनाएका छन्।
  • माओवादीसँग एकताका लागि केन्द्रीयस्तरमा कुनै वार्ता नभएको प्रकाश ज्वालाले बताए।
  • एमाले अध्यक्ष केपी ओली जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखा परे।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. दसैँ बिदामा राजधानीका प्रमुख अस्पतालहरूको सेवा व्यवस्था

दसैँ–तिहार लगायतका चाडपर्वका अवसरमा नागरिकले सहजै स्वास्थ्य सेवा पाउने वातावरण बनाउन निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।  उपलब्ध जनशक्ति र स्रोतसाधनलाई व्यवस्थित तथा प्रभावकारी रूपमा उपयोग गरी बिदाका दिनहरूमा समेत आंशिक रूपमा नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइएको उनको भनाइ छ । 

सोहीअनुसार दसैँ बिदाको समयमा राजधानीका प्रमुख अस्पतालहरूले स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्नो योजना तय गरेका छन् ।

२. नेपालको ऐतिहासिक जित 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ । 

शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकाल्दै टेस्ट टिममाथि पहिलो जित निकालेको हो । 

३. जेनजी आन्दोलनपछि पहिलोपटक देखिए ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् ।

 

४. कला

काठमाडौँस्थित सिद्धार्थ ग्यालरीमा भर्खरै (अगस्ट २० देखि सेप्टेम्बरको १० सम्म) विनोद लिम्बुको एकल कला प्रदर्शनी सम्पन्न भयो । ‘बिटविन द अर्थ एन्ड आइदर’ नाम दिइएको यस कला प्रदर्शनीमा विनोदले विशेषतः प्रकृतिलाई गलैँचाजस्तो मुलायम बनाउँदै त्यसमाथि स–साना रेखा खेलाएर रहरलाग्दा दृश्य बनाएका छन् । झट्ट हेर्दा प्रदर्शन कक्षभरि हरियोभन्दा अन्य कुनै रङले चलखेल गर्न सकेको छैन, गर्न पाएको देखिँदैन ।

५. भाषा, भाषा आयोग र मेरा अनुभव

भाषा सम्बन्धित भाषिक समुदायको मात्र होइन, मुलुककै महत्त्वपूर्ण सम्पत्ति मानिन्छ । विचार, भाव, अनुभूतिको सम्प्रेषणको रूपमा रहेको भाषा पहिचान र अस्तित्वको आधार पनि हो । भाषालाई संस्कृतिको महत्त्वपूर्ण अवयवका रूपमा लिइन्छ । भाषा मरे सभ्यता, संस्कृति एवं जाति मर्छ भनेर त्यसै भनिएको होइन । भाषाले समुदायका सदस्य एवं मुलुकलाई आन्तरिक रूपमा जोड्न र एकताबद्ध बनाउन गहकिलो भूमिका सम्पादन गर्छ ।

 

६. एमाले सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आइतबार बस्ने भएको छ । 
पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १ बजे पार्टी सचिवालय बैठक बोलाएका हुन् पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठक भक्तपुरको गुण्डुस्थित ओली निवासमा बस्ने छ ।

 

७. गृह मन्त्रालयको आग्रह

गृह मन्त्रालयले विरोधका कार्यक्रम गर्दा शान्तिपूर्ण ढङ्गबाट गर्न अनुरोध गरेको छ । 

हालै भएको जेनजी प्रदर्शनमा भएको घुसपैठलाई मध्यनजर गर्दै मन्त्रालयले विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा अहिंसात्मक हुने गरी गर्न आग्रह गरेको हो ।

 

८. दसैँमा गाउँ फर्किनेको लर्को 

नेपालीहरूको महान् पर्व विजया दशमी सुरु भएसँगै गाउँ फर्किनेहरूको लर्को लागेको छ । काठमाडौँ उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला, जडीबुटी लगायतका क्षेत्रमा मानिसहरू गाडी कुरेर बसिरहेका देख्न सकिन्छ ।

९. प्रदीप पौडेलसँग कांग्रेस महाधिवेशन प्रतिनिधिको सुझाव 

नेपाली कांग्रेसको रूपान्तरणका लागि परिवर्तनको बहस चलाएका नेता प्रदीप पौडेलले निरन्तर रूपमा सुझाव सङ्कलन गरिरहेका छन् । यसक्रममा क्षेत्रीय सभापति तथा आम कार्यकर्ताको धारणा सङ्कलन गरेका उनले पार्टीका सातै प्रदेशका महाधिवेशन प्रतिनिधिसँग अन्तरक्रिया गरेका हुन् ।

 

१०. एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

 

११.  अनुवाद

१२. शनिबार विशेष

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप