टेस्ट राष्ट्रमाथि नेपालको ऐतिहासिक जित
सारांश
- नेपाली क्रिकेट टोलीले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो।
- शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२९ रन मात्र बनायो।
- रोहित कुमार पौडेलले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेलले २ विकेट लिए।
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित निकालेको छ ।
शनिबार राति भएको खेलमा नेपालले वेस्ट इन्डिजमाथि १९ रनको जित निकाल्दै टेस्ट टिममाथि पहिलो जित निकालेको हो ।
नेपालले टेस्ट राष्ट्रमाथि जित निकालेको पहिलो पटक हो ।
शारजाह क्रिकेट स्टेडियममा नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनायो ।
वेस्ट इन्डिजका लागि नाभिन बिदाइसेले सर्वाधिक २२ रन बनाए । त्यस्तै अमिस जान्गोले १९ रन बनाउँदा कप्तान अकेल हुसेनले १८ रनको योगदान गरे ।
नेपालका लागि कुशल भुर्तेलले दुई विकेट लिँदा करण केसी, नन्दन यादव, रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र ललित नारायण रायमाजीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ले ३० रन बनाउँदा गुलशन झाले २२ रनको योगदान गरे ।
वेस्ट इन्डिजका लागि जेसन होल्डरले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले २० रन खर्चे । त्यस्तै नविन विदाशीले तीन विकेट लिए । वेस्ट इन्डिजका अकेल हुसेनको नाममा एक विकेट रह्यो ।
नेपालले वेस्ट इन्डिजसँग तीन खेलको सिरिज खेल्नेछ । सिरिज अन्तर्गत दोस्रो खेल २९ तारिखमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण