शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल हुँदैनन्: प्रवक्ता महत

आइतबार, १२ असोज २०८२, १० : ४५
आइतबार, १२ असोज २०८२

सारांश

  • डा. प्रकाशशरण महतले लोकतन्त्र कमजोर पार्न खोज्ने शक्ति सफल नहुने बताए।
  • उनले कांग्रेस फेरि माथि उठ्ने र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए।
  • पार्टी कार्यालय र नेताहरूको घर आगजनी, तोडफोड भए पनि आत्मविश्वास नगुमाएको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् ।

आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले  फेरि पार्टीहरू जागरूक भएर, एकीकृत भएर लोकतन्त्र बचाउन र देशलाई मजबुत बनाउन अघि बढ्ने बताए । कांग्रेस पुनः माथि उठ्ने उनको भनाइ छ । 

भएका कतिपय कमजोरी त्रुटिहरूलाई पनि समीक्षा गरेर अघि बढ्ने उनले बताए । पार्टी कार्यालय र नेताहरूको घर आगजनी, तोडफोड गरे पनि आत्मविश्वास नगुमाएको र पुनः जागरूक भएर उठ्ने अठोट उनले व्यक्त गरे । 

प्रवक्ता महतले राजनीतिक दलहरूलाई थिलथिलो पार्ने षड्यन्त्रअनुसार काम गरिएको भन्दै ठुलो बलिदान र त्याग तपस्याबाट राजनीतिक दलहरू निर्माण भएको बताए ।  नेपाललाई विकास निर्माण र रोजगारीको दिशामा लैजाने बारेमा कांग्रेसले गम्भीर चिन्तन गर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप