सेयर बजार अब एक साता नखुल्ने, अन्तिम कारोबारमा दोहोरो अंकको वृद्धि
सारांश
- दसैँ बिदाका कारण सेयर बजार एक साता बन्द हुनेछ।
- दसैँअघिको अन्तिम कारोबारमा बजार ११.५१ अंकले बढेर २६६३.५१ विन्दुमा पुग्यो।
- आज बजारमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो।
काठमाडौँ । सेयर बजार अब एक साता नखुल्ने भएको छ । दसैँ बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दसैँ सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुनेछ ।
दसैँअघिको अन्तिम कारोबार हुँदा आज बजार ११.५१ अंकले बढेको छ । योसँगै बजार परिसूचक २६६३.५१ विन्दुमा कायम भएको छ । बजारमा आज २ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा १० वटा समूहका सूचक बढ्दा तीन वटा सूचक घटेका छन् । सबैभन्दा धेरै गिरावट ट्रेडिङ समूहमा १.२८ प्रतिशतले भयो । होटल र अन्य समूहमा सामान्य गिरावट हुँदा बाँकी समूहको सूचक बढेका छन् । वृद्धि भएका समूहका सूचकको वृद्धि १ प्रतिशत भन्दा कम नै छ ।
आज बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डको मूल्य १० प्रतिशतले बढेको छ । सिक्लेस हाइड्रोको शेयर भने सोही बराबर घट्दै नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज युनियन हाइड्रोपावरको २४ करोड रुपैयाँ बराबरको कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको ११ करोडको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण