अनुहारको छाला कसिलो बनाउन अपनाउनुस् यी ३ घरेलु उपाय
सारांश
- छालालाई कसिलो बनाउन र प्राकृतिक चमक दिन घरेलु उपचारबारे जानकारी दिइएको छ।
- पाकेको केराको फेसप्याक, कफी र नरिवलको तेलको स्क्रब, र काँक्रोको रस प्रयोग गर्न सकिने उल्लेख छ।
- यी उपायहरूले छालालाई नरम र बलियो बनाउनुका साथै मृत छालाका कोषहरू हटाउन मद्दत गर्दछन्।
काठमाडौँ । समय अगावै छाला खुकुलो हुने अनि चाउरी पर्ने समस्याबाट चिन्तित हुनुहुन्छ ? छालालाई कसिलो बनाउन महँगो सौन्दर्य उत्पादनबारे चिन्ता गर्न वा पार्लर धाउन छाड्नुहोस् । आजको यस लेखमा हामी यस्ता केही घरेलु उपचारहरूबारे कुराकानी गर्नेछौँ जसले छालालाई कसिलो बनाउन त मद्दत गर्छ नै यसले छालालाई प्राकृतिक चमक पनि दिनेछ ।
पाकेको केराको फेसप्याक
–एउटा पाकेको केरा लिनुहोस् । अनि यसलाई राम्रोसँग मिच्नुहोस् । यसो गर्दा केरामा एउटा पनि गाँठो बाँकी रहनु हुन्न ।
–तपाईंको छाला संवेदनशील छैन भने, १ चम्चा मह र केही थोपा कागतीको रस पनि यसमा मिलाउन सक्नु हुन्छ ।
– यो प्याकलाई आफ्नो अनुहार र घाँटीमा लगाउनुहोस् ।
–यसलाई २०–३० मिनेटको लागि अनुहारमा छोड्नुहोस् ।
–त्यसपछि मनतातो पानीले मुख राम्रोसँग धुनुहोस् ।
–हप्तामा १–२ पटक यो प्याक प्रयोग गर्नुहोस् ।
–यो प्याकले तपाईंको छालालाई नरम र बलियो बनाउनेछ ।
कफी र नरिवलको तेलको स्क्रब
– १ चम्चा नरिवलको तेलमा १ चम्चा कफी पाउडर मिसाउनुहोस् ।
–यो मिश्रणलाई आफ्नो अनुहार र घाँटीमा गोलाकार मोशनमा बिस्तारै मालिस गर्नुहोस् ।
–मसाज गरेपछि ५–१० मिनेटसम्म यसलाई छोड्नुहोस् ।
– त्यसपछि मनतातो पानीले मुख धुनुहोस् ।
– यो फेसप्याकलाई पनि हप्तामा १–२ पटक प्रयोग गर्नुहोस् ।
– यो स्क्रबले मृत छालाका कोषहरूलाई त हटाउँछ नै छालालाई कसिलो बनाउन पनि मद्दत गर्नेछ ।
काँक्रोको रस
– काँक्रो कोरेर यसको रस निकाल्नुहोस् ।
– यो रसलाई आफ्नो अनुहारमा लगाउनुहोस् ।
– यसलाई अनुहारमा १५–२० मिनेटसम्म छोड्नुहोस् ।
– अन्तमा, चिसो पानीले मु राम्रोसँग धुनुहोस् । तपाईंले ताजा महसुस गर्नुहुनेछ ।
अस्वीकरणः यो लेख अनलाइन जानकारीका आधारमा तयार पारिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण