शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

माल्दोभाको संसदीय निर्वाचनमा ईयू समर्थक पार्टीलाई स्पष्ट बहुमत

सोमबार, १३ असोज २०८२, १४ : १६
सोमबार, १३ असोज २०८२

सारांश

  • मोल्डोभाको संसदीय चुनावमा ईयू समर्थक पार्टीले बहुमत हासिल गर्यो।
  • चुनावलाई रूस र पश्चिमा देशहरूबीचको भूराजनीतिक मोडको रूपमा हेरिएको छ।
  • ईयू समर्थक पार्टीले संसदमा बहुमत सिट जित्यो, जसले गठबन्धनको आवश्यकता पर्ने छैन।

काठङ्गाडौँ । मोल्डोभाको संसदीय चुनावमा युरोपेली संघ (ईयू) समर्थक पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । 

यो चुनावलाई रूस र पश्चिमा देशहरूबीचको प्रमुख भूराजनीतिक मोडको रूपमा हेरिएको छ । सबै मतदान केन्द्रहरूबाट निर्वाचन आयोगले प्राप्त गरेको तथ्याङ्क अनुसार, ईयू समर्थक  ‘पार्टी अफ एकशन एन्ड सोलिड्यारिटी’ (पीएएस)ले ५० दशमलव १ प्रतिशत मत प्राप्त गरेको छ । रूसको नजिक मानिने ‘अल्टरनेटिभा ब्लक’ तेस्रो स्थानमा समेटियो । ‘

आवर पार्टी’  र ‘डेमोक्रेसी एट होम’ पार्टीले पनि संसदमा प्रवेश गर्न आवश्यक मत प्राप्त गरेका छन् ।

यस पटक चुनावमा, पीएएसले रूस समर्थक धेरै विपक्षी दलहरूबाट प्रतिस्पर्धाको सामना गरेको थियो । तर यसको युरोपेली समर्थक गठबन्धन साझेदारको अभाव थियो । तैपनि पीएएसले संसदमा १०१ सिटहरू मध्ये लगभग ५५ जितेको छ । 

अर्थात् यसलाई गठबन्धन गर्नु पर्ने आवश्यकता पर्नेछैन । यो चुनावलाई मोल्डोभाको घरेलु राजनीतिमा मात्र नभएर यसको विदेश नीतिमा पनि निर्णायक कारक मानिएको थियो । चुनावी नतिजा पछि देश या त ईयूमा सामेल हुने दिशामा अगाडि बढ्न सक्थ्यो या रूसी प्रभावमा फर्कन अगाडि बढ्न सक्थ्यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप