राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा, तस्बिरमा हेर्नुहोस्
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैँको नवौँ दिन नवकन्याहरुको पूजा गर्नुभयो।
- बुधवार राष्ट्रपति भवन शितलनिवासमा महानवमीको अवसरमा पूजा गरिएको थियो।
- विभिन्न देवीहरूको पूजा दशैँको नौ दिनसम्म गरिन्छ, र नवकन्याहरूलाई नवदुर्गाको प्रतीक मानिन्छ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरुको महान चाड बडादशैँ (विजया दशमी)को नवौँ दिन नवकन्याहरुको पूजा गरेका छन् ।
बुधवार राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभदिनमा नवकन्याहरुको पूजा गरेका हुन् । विजया दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन व्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा,पाचौँ दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी र सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ ।
विजया दशमीको पहिलो दिन एक वर्षकी कन्या, त्यसपछि क्रमशः २—३—४—५—६—७—८—९ वर्षकी कन्याको पूजा गरिन्छ । वैदिक सत्य सनातन हिन्दु धर्मशास्त्रमा वर्णित विधिअनुसार हरेक दिन कन्याहरुको पूजा गर्नुपर्ने भनिएपनि सजिलोका लागि अहिले महानवमीको दिनमा एकैपटक नवकन्याहरुलाई नवदुर्गाको प्रतिक मानेर पूजा गरिएको हो ।
यसैक्रममा राष्ट्रपति पौडेलले आज महानवमीको दिन शितलनिवासमै नवकन्याहरुको पूजा गरेका हुन् । —न्युज एजेन्सी नेपाल


_Qv54IlAKaN.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण