लाइभ स्ट्रिममै विमान दुघर्टना भएपछि...
सारांश
- प्रसिद्ध चिनियाँ कन्टेन्ट क्रियटर ताङ फेइजीको विमान दुर्घटनामा मृत्यु भएको छ ।
- जियाङ काउन्टीमा भएको दुर्घटनामा उनको अल्ट्रालाइट विमान उडान भरेको केही समयमै दुर्घटनाग्रस्त भयो ।
- दुर्घटना हुँदा ताङका हजारौं फलोअरले प्रत्यक्ष लाइभ हेरिरहेका थिए, जसले गर्दा घटना इन्टरनेटमा भाइरल भयो ।
बेइजिङ । प्रसिद्ध चिनियाँ कन्टेन्ट क्रियटर ताङ फेइजीको मृत्युको भिडियो यतिबेला अनलाइनमा भाइरल भइरहेको छ ।
५५ वर्षीय ताङको सेप्टेम्बर २७ मा जियाङ काउन्टीमा भएको भयानक दुर्घटनामा मृत्यु भएको थियो । उनको अल्ट्रालाइट विमान उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको थियो । अचम्मको कुरा, उनका १ लाखभन्दा धेरै फलोअरले त्यो भयानक दृश्य प्रत्यक्ष हेरिरहेका थिए । डुयिनमा प्रत्यक्ष प्रसारण गरिएको यो घटना अब इन्टरनेटमा चर्चाको विषय बनेको छ ।
दुर्घटनापछि उनका सामाजिक सञ्जाल खाताहरू निजी बनाइएका छन्, जसका कारण उनका पुराना फलोअरहरूले मात्र उनको सामग्री हेर्न पाउनेछन् । यद्यपि, उनका लाइभस्ट्रिम भिडियोहरू एक्स लगायत कैयौं सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेका छन् ।
चिनियाँ समाचार साइटहरू कभर न्युज र चाइना न्युज सर्भिसका अनुसार ताङको विमान जमिनमा ठोक्किएर आगो लागेको थियो । उनले विमानको नियन्त्रण गुमाए र तुरुन्तै मृत्यु भयो ।
मिडिया रिपोर्टहरूका अनुसार ताङले पहिले एक भिडियोमा भनेका थिए– उनले यो अल्ट्रालाइट विमान लगभग ४९ हजार अमेरिकी डलरमा किनेका थिए । विमान २,००० फिटको उचाइमा र प्रतिघण्टा ६० माइलभन्दा बढीको गतिमा पुग्न सक्थ्यो । ताङ फेइजीले केवल छ घण्टाको अभ्यासमा विमान उडाउन सिकेको दाबी गरेका थिए ।
रिपोर्टहरूका अनुसार दुर्घटनाको समयमा उनले हेलमेट लगाएका थिएनन्, न त प्यारासुट नै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
-
मनसुनको न्यून चापीय रेखा उत्तरतर्फ : यी स्थानमा भारी वर्षाको सम्भावना
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण