नामिबिया र जिम्बाब्वे टी-२० विश्वकप २०२६ का लागि छनोट
सारांश
- नामिबिया र जिम्बाब्वेले टी-२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।
- अफ्रिकन क्वालिफायरमा नामिबियाले तान्जानियालाई र जिम्बाब्वेले केन्यालाई पराजित गरे।
- विश्वकप भारत र श्रीलंकामा हुनेछ, जसमा २० टोलीले प्रतिस्पर्धा गर्नेछन्।
काठमाडौँ । नामिबिया र जिम्बाब्वेले टी-२० विश्वकप २०२६ का लागि स्थान बनाएका छन्। अफ्रिकन क्वालिफायरको सेमिफाइनलमा नामिबियाले तान्जानियालाई र जिम्बाब्वेले केन्यालाई हराउँदै आईसीसीको प्रतियोगितामा स्थान बनाएका हुन्।
टी-२० विश्वकप आगामी वर्ष फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुनेछ। नामिबिया लगातार चौथो टी-२० विश्वकप खेल्दैछ, भने जिम्बाब्वे चार वर्षपछि विश्वकपमा फर्किएको हो। यसअघि युगाण्डाबाट पराजित हुँदा जिम्बाब्वेले क्वालिफाइ गर्न सकेको थिएन।
क्वालिफायरको पहिलो सेमिफाइनलमा नामिबियाले तान्जानियालाई ६३ रनले हरायो। कप्तान जेरार्ड इरासमसको ५५ र रुबेन ट्रम्पलम्यानको ६१ रनको सहयोगमा नामिबियाले १७४ रन बनाएको थियो। जवाफमा तान्जानिया १११ रनमा सीमित भयो।
दोस्रो सेमिफाइनलमा जिम्बाब्वेले केन्यालाई ७ विकेटले हरायो। केन्याले १२२ रनको लक्ष्य दिएकोमा जिम्बाब्वेले १५ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गर्यो। टोलीका लागि ब्रायन बेनेटले ५१ र तादिवनासे मरुमानीले ३९ रन बनाए।
टी-२० विश्वकप कुल २० टोली बिच खेलाइनेछ। आयोजक भारत र श्रीलंकासहित अन्य ८ टोलीले सिधै प्रवेश पाएका छन्।
युरोप क्वालिफायरबाट इटाली र नेदरल्यान्ड्स तथा अमेरिकासँगको क्वालिफायरबाट क्यानडाले पनि स्थान बनाइसकेका छन्। अब एसिया र पूर्वी एसिया प्रशान्त क्वालिफायरबाट बाँकी ३ टोलीले प्रवेश पाउनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण