मासु नखाने जनसङ्ख्यामा अर्थतन्त्र कसरी हुन्छ चलायमान ?
सारांश
- नेपालमा मासु र मदिराको उपभोगको प्रवृत्ति र खर्चको विश्लेषण गरिएको छ।
- भारतका विभिन्न राज्यहरूमा शाकाहारी जनसङ्ख्याको अवस्था र यसका कारणहरू उल्लेख गरिएको छ।
- शाकाहारी बन्ने प्रवृत्तिलाई धर्म, संस्कृति, शिक्षा र पोषणको विकल्पले प्रभाव पार्ने कुराको चर्चा गरिएको छ।
काठमाडौँ । तपाईं हामी कतै घुम्न जान्छौँ । चाडपर्व मनाउँछौँ । विवाह तथा वार्षिकोत्सव, बर्थडे पार्टी वा अरू नै कुनै व्यक्तिगत वा संस्थागत सफलतामा पनि हामी सेलिब्रेसन गर्छौँ । सम्पूर्ण मानव जातिले गर्ने व्यवहार हुन्, यी भलै यस्तो उत्सव मान्ने तरिका फरक-फरक हुनसक्छ ।
तर के तपाईंले कहिल्यै सोच्नुभएको छ, यस्ता सेलिब्रेसनमा सबैभन्दा अपरिहार्य कुरा के होला ? उत्तर सहजै आउन सक्छ, मासु र मदिरा । सुरुमा मान्छेले मासुजन्य पदार्थ र अल्कोहलमा कति खर्च गर्दो रहेछ भनेर हेरौँ ।
चौथो, नेपाल जीवनस्तर सर्वेक्षणमामा आधारित नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालको उपभोगमा आधारित कुल गार्हस्थ्य उत्पादनमध्ये खाद्यवस्तुमा ३५.४९ प्रतिशत खर्च हुन्छ । योमध्ये माछा तथा मासुमा ६.७६ प्रतिशत खर्च हुने गरेको छ । अण्डामा भने ०.६१ प्रतिशत खर्च हुने गरेको पाइन्छ । त्यस्तै मदिरामा १.२६ प्रतिशत खर्च हुने गरेको छ, तर यो खाद्य पदार्थभित्र समावेश छैन ।
तर उल्लेखित मासु तथा मदिराको उपभोग हिस्सा यति मात्रै चाहिँ होइन । यसमा रकम होटल तथा रेस्टुरेन्टमा गएर गरिने माग समावेश छैन । राष्ट्र बैंकका अनुसार नेपालीले होटल तथा रेस्टुरेन्टमा गएर कुल गार्हस्थ्य उत्पादनको ८ प्रतिशत खर्च गर्छन् । त्यसमध्ये अल्कोहलका लागि ०.५८३८ प्रतिशत खर्च हुने गरेको छ ।
त्यसबाहेक ब्रेकफास्ट, लन्च र डिनरमा मात्रै ६.४४ प्रतिशत खर्च हुने गरेको तथ्याङ्क छ । यसमध्ये मासुजन्य पदार्थमा करिब ४० प्रतिशत खर्च हुने अनुमान होटल सञ्चालकहरूको छ । यो समेत गर्दा करिब २.५७ प्रतिशत खर्च जोडिन्छ ।
विश्वमा हेर्ने हो भने त्यस्ता अधिकांश देशमा मासुविनाको अर्थतन्त्र कल्पना गर्न सक्ने अवस्था देखिँदैन । यतिसम्म कि उनीहरूको व्यवहार र संस्कारसम्मै मासु जोडिएका हुन्छ ।
यी सबै गर्दा मासुमा ९.९४ प्रतिशत र अल्कोहलमा १.८४ प्रतिशत खर्च हुने गरेको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनसँग तुलना गरेर हेर्ने हो भने नेपालमा ६ खर्ब ७ अर्ब बराबरको अण्डा तथा अन्य मासुजन्य पदार्थ र १ खर्ब १२ अर्ब रुपैयाँ बराबरको मदिरा खपत हुने गरेको छ । यो क्षेत्रले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कतिलाई रोजगारी दिएको छ भन्ने कुरा अर्को अध्ययनको विषय छ ।
नेपालमा धेरैजसो मानिसले मासुजन्य पदार्थलाई सीमित रूपमा उपयोग गर्ने दर्जामा राख्ने गरेका छन् । यद्यपि पछिल्लो समय कुखुराको व्यापक उत्पादनसँगै मासुको मूल्य घट्दै जाँदा यसको उपयोग दर बढ्दै गएको छ । दैनिक मासुजन्य परिकार उपभोग गर्नेहरूको सङ्ख्या पनि ठुलै छ । केही भने शाकाहारी जीवन जिउने गरेका छन्, जो कहिल्यै माछामासु खाँदैनन् ।
मदिरालाई धेरैजसोले कहिलेकाहीँ उपभोग गर्ने वस्तुको रूपमा लिन्छन् । मदिरा सेवन नगर्नेको हिस्सा पनि ठुलो छ । नियमित रूपमा मदिरा खानेको सङ्ख्या भने न्यून सङ्ख्यामा रहेको अनुमान गर्न सकिन्छ ।
- शाकाहारी अर्थतन्त्र कति सम्भव ?
के यी दुईविनाको अर्थतन्त्रको हामी कल्पना गर्न सक्छौँ ? विश्वमा हेर्ने हो भने त्यस्ता अधिकांश देशमा मासुविनाको अर्थतन्त्र कल्पना गर्न सक्ने अवस्था देखिँदैन । यतिसम्म कि उनीहरूको व्यवहार र संस्कारसम्मै मासु जोडिएका हुन्छ । तर दक्षिण एसिया अझ भन्नुपर्दा भारतका केही राज्यमा भने मासुविनाकै अर्थतन्त्र चलिरहेको मात्रै छैन । सदियौँदेखि यसैलाई संस्कारको रूपमा ग्रहण गरिँदै आएको छ ।
एउटा उदाहरण हेरौँ, भारतको राजस्थान । यो राज्यमा झण्डै ८ करोड २५ लाख जनसङ्ख्या छ, जुन नेपालको जनसङ्ख्याको झण्डै तीन गुणा हो । यो राज्यको कुल गार्हस्थ्य उत्पादन झण्डै २० लाख करोड भारतीय रुपैयाँ छ । १९९ खर्ब भारतीय रुपैयाँ बराबर छ, यो नेपालको भन्दा झण्डै साढे ५ गुणा हो ।
यो राज्यमा झण्डै ७४ प्रतिशत मानिस पूर्ण शाकाहारी छन् । मासु खाने जनसङ्ख्यामध्ये पनि अधिकांशले कहिलेकाहीँ मात्रै मासु खान्छन्, यो विश्वकै सबैभन्दा धेरै शाकाहारी भएको राज्य समेत हो ।
पालसँगै सीमा जोडिएका र सामान्यतया एउटै भूगोल रहेका भारतका दुई राज्य उत्तरप्रदेश र बिहारमै यो जनसङ्ख्यामा ठुलो अन्तर छ । त्यसैले कतिपय अवस्थामा एउटै भूगोल र जनसङ्ख्यामा यो अवस्थामा ठुलो भिन्नता रहेको देखिन्छ ।
त्यति मात्रै होइन, भारतका राज्यहरूमध्ये हरियाणा र गुजरातमा झण्डै ७० प्रतिशत शाकाहारी छन् । पञ्जाबमा ६० प्रतिशत, मध्यप्रदेशमा ५० प्रतिशत, उत्तरप्रदेशमा ४७ प्रतिशत तथा महाराष्ट्रमा ४० प्रतिशत भन्दा धेरै जनसङ्ख्या शाकाहारी रहेको रजिष्ट्रार जनरल अफ इन्डियाको तथ्याङ्क छ । जबकि नेपालमा मुस्किलले ८ प्रतिशत जनसङ्ख्या मात्रै शाकाहारी रहेको अनुमान गरिएको छ ।
त्यसबाहेक आसाम, कर्नाटका, छत्तीसगढलगायत राज्यमा समेत नेपालको भन्दा धेरै शाकाहारी जनसङ्ख्या छ । समुन्द्रसँग सीमा जोडिएका पश्चिम बंगाल, उडिसा, केरला, तमिलनाडु, तेलंगाना, झारखण्डजस्ता ठाउँमा भने शाकाहारी जनसङ्ख्या कम छ, उनीहरूले धेरैजसो माछा खान्छन् । पूर्वी नेपालसँगै सीमा जोडिएको बिहारमा भने नेपालजस्तै ८ प्रतिशत हाराहारीमा जनसङ्ख्या शाकाहारी रहेको अनुमान गरिएको छ ।
- शाकाहारी र मांसाहारी बन्ने प्रवृत्तिमा केले फरक पार्छ?
शाकाहारी अर्थतन्त्र र जनसङ्ख्याको अवस्थाबारे माथिको उदाहरणले एउटै देशभित्र पनि शाकाहारी र मांसाहारी जनसङ्ख्यामा ठुलो फरकपन रहेको तथ्य देखाउँछ । नेपालसँगै सीमा जोडिएका र सामान्यतया एउटै भूगोल रहेका भारतका दुई राज्य उत्तरप्रदेश र बिहारमै यो जनसङ्ख्यामा ठुलो अन्तर छ । त्यसैले कतिपय अवस्थामा एउटै भूगोल र जनसङ्ख्यामा यो अवस्थामा ठुलो भिन्नता रहेको देखिन्छ ।
भारतको राजस्थानबाटै ग्रामीण विकासमा विद्यावारिधि पूरा गरेका अनुसन्धानकर्ता डा. पुष्प पौडेल मान्छे कति शाकाहारी हुन्छ भन्ने कुरा सम्बन्धित क्षेत्रका जनताले मान्ने धर्म, संस्कृति, पेसा व्यवसाय, पोषणको विकल्प र शिक्षा तथा जनचेतनाको अवस्थाले निर्धारण गर्ने बताउँछन् ।
उनका अनुसार राजस्थानमा सबैभन्दा धेरै शाकाहारी जनसङ्ख्या हुनुको पछाडि त्यहाँको धर्मले मुख्य भूमिका खेलेको छ । राजस्थानमा ठुलो जनसङ्ख्या हिन्दुको छ । मारवाडी, वैष्णवी, ओम शान्ति, साई समुदायहरू छन् । उनीहरूले मासु खाँदैनन्, त्यसैले यहाँ शाकाहारीको जनसङ्ख्या धेरै छ । डा. पौडेल भन्छन्, ‘त्यहाँ होटल, रेस्टुरेन्टदेखि सामाजिक संस्कारमा पनि शाकाहारी भोजनको प्रयोग हुन्छ । त्यसैले त्यहाँ रहेर शाकाहारी बन्न कुनै समस्या हुँदैन ।’
त्यस्तै, अवस्था गुजरात, राजस्थान महाराष्ट्र लगायत राज्यमा समेत अवस्था त्यस्तै छ, शाकाहारीलाई उनीहरूले जीवनशैलीमै आबद्ध गर्दै आएका छन् । यी राज्यहरूमा पनि वैष्णव र शैव समुदायकै वर्चस्व देखिन्छ ।
शाक्त समुदायले भने माछामासुलाई धार्मिक संस्कारमै मासुको प्रयोग गर्दै आएका छन् । यो समुदायले देवीलाई शक्तिको रूपमा मान्ने र बलि दिने गर्छन् । भारतका पूर्वी राज्यहरू पश्चिम बंगाल, झारखण्ड, उडिसा लगायतमा यो समुदायको वर्चस्व छ । बिहारसम्ममा पनि यसको प्रभाव देखिन्छ । जबकि उत्तरप्रदेशमा पश्चिमी राज्यको प्रभाव बढी देखिन्छ ।
शाकाहारी जनसङ्ख्याको अर्को महत्त्वपूर्ण पक्ष सन्तुलित आहारको विकल्प कति उपलब्ध छ भन्ने रहेको डा. पौडेल बताउँछन् ।
तरधर्मकै आधारमा शाकाहारी जनसङ्ख्या निर्धारण हुन्छ भन्ने चाहिँ होइन । यसको उदाहरण हो तमिलनाडु । यो प्रान्तमा पनि झण्डै ९० प्रतिशत बासिन्दा हिन्दु छन्, त्यसमध्ये अधिकांशले शैव धर्म मान्छन् । तर त्यहाँ शाकाहारीको सङ्ख्या निकै कम देखिन्छ । उनीहरू धार्मिक संस्कारमा माछामासु प्रयोग गर्दैनन् । तर, आहारका लागि अत्यधिक प्रयोग गर्छन् । यो क्षेत्रका मूलतः द्रविडहरू बसोबास गर्छन् ।
हिन्दु धर्मका आदिगुरु शंकराचार्यले अद्वैत दर्शन अन्तर्गत सबै धार्मिक समुदायलाई समेटेर स्मार्त धर्मको विकास गरेका थिए । यसमा शिव, विष्णु, देवी, सूर्य र गणेशलाई पाञ्चायनको रूपमा पूजा गरिन्छ । त्यसैले हामी कालरात्रि (दसैँ), शिवरात्रि, सुखरात्रि (तिहार) र मोहरात्रि (श्रीकृष्णजन्माष्टमी) मनाउँछौँ ।
शाकाहारी जनसङ्ख्याको अर्को महत्त्वपूर्ण पक्ष सन्तुलित आहारको विकल्प कति उपलब्ध छ भन्ने रहेको डा. पौडेल बताउँछन् । ‘कुनै पनि ठाउँमा मासुबिना नै न्युट्रिसन पूरा गर्न सक्ने अवस्था छ भने त्यहाँ नखाने जनसङ्ख्या बढी हुन सक्छ, अरू विकल्प नहुँदा मासु खाने जनसङ्ख्या बढी हुनसक्छ,’ उनी भन्छन् । पछिल्लो समय विश्वमै शाकाहारी जनसङ्ख्या बढ्नुको कारण मासुको विकल्पमा शाकाहारी वस्तुको उपलब्धता बढ्दै जानु रहेको उनी बताउँछन् ।
अर्को महत्त्वपूर्ण पक्ष शिक्षा र जनचेतना रहेको डा. पौडेलको विश्लेषण छ । मासुजन्य पदार्थको उपयोगबाट हुने फाइदा तथा बेफाइदाबारे मान्छेमा जनचेतना बढ्दै जाँदा यसको उपयोग गर्ने जनसङ्ख्यामा ठुलो अन्तर देखिँदै गएको उनी बताउँछन् ।
‘मासुले न्युट्रिसन म्यानेजमेन्टमा सहयोग गर्छ, तर यसका बेफाइदाहरू पनि छन् । धेरै मासु खाँदा भोलि स्वास्थ्यमा देखिने असर र यसमा लागि व्यहोर्नुपर्ने लागतको बारेमा थाहा हुने मान्छेले अहिलेदेखि नै मासुको उपयोग कम गर्ने गरेको छ,’ डा. पौडेल भन्छन्, ‘शाकाहारीकै जनसङ्ख्या नबढेको हुन सक्छ, तर मासु खाने प्रवृत्ति यो कारण पछिल्लो समय घट्दै गएको देख्न सकिन्छ ।’
पछिल्लो समय शाकाहारको वकालत गर्नेहरूले भने पशु अधिकार, पर्यावरण र पारिस्थितिक प्रणालीको बारेमा समेत आवाज उठाउँदै आएका छन् । अहिले विश्वको कृषि उत्पादनमा मासुजन्य पदार्थ उत्पादनको हिस्सा ४० प्रतिशत रहेको छ । विश्वका कृषि उत्पादनको हिस्सा जम्मा ४ प्रतिशत रहेकाले मासुजन्य पदार्थको हिस्सा करिब १.६ प्रतिशत मात्रै हुन आउँछ । उत्पादन र प्रशोधन तथा सेवा क्षेत्रमा यसले गर्ने फर्वाड र ब्याकवार्ड लिङ्केज यसमा समावेश गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण