थारु समुदायमा ‘सखिया नाच’को रौनक, तस्बिरहरू
सारांश
- बर्दियाको राजापुरमा थारु समुदायमा दसैँको अवसरमा सखिया नाचको रौनक छाएको छ।
- सखिया नाचमा युवतीहरू नाच्ने र युवाहरू मादल बजाउने गर्छन्, जसमा २० देखि २५ युवतीहरू सहभागी हुन्छन्।
- महाभारत कथासँग जोडिएको यो नाच थारु समुदायको संस्कृति र धार्मिक परम्परासँग सम्बन्धित छ।
बर्दियाको राजापुर नगरपालिका–५ खल्लाजयपुरस्थित थारु समुदायमा अहिले ‘सखिया नाच’को रौनक छाएको छ। दसैँ अघि सुरु भएर दसैँ सकिएपछि केही दिनसम्म निरन्तर नाचिने यो नाचले थारु गाउँबस्ती झन् रंगिन बनेको छ।
थारु गाउँमा दसैँ सुरु भएसँगै सखिया नाच सुरु हुने खल्लाजयपुरका बडघर प्रदेशी चौधरीले बताए। उनका अनुसार यो नाचमा युवतीहरू नाच्ने र युवाहरू मादल बजाउने गर्छन्। 'जति धेरै मादल बज्यो, त्यति नै रमाइलो हुन्छ,' उनले भने।
सखिया नाचमा करिब २० देखि २५ जना युवती सहभागी हुने गर्छन्। उनीहरूले सेतो रंगको फरिया, रातो चोलिया र रातै रंगको रिबन लगाएर नाच्ने परम्परा छ।
महाभारत कथासँग जोडिएको सखिया नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। यस नाचमा थारु समुदायका देवी–देवताहरूको नाम सम्बोधन गर्दै सखिया गीत गाइन्छ, जसले यसलाई धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण बनाएको छ।
'नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई बिर्सन थालेका छन्। त्यसैले थारु संस्कृति जोगाइराख्न हामी हरेक वर्ष सखिया नाचलाई निरन्तरता दिइरहेका छौँ,' बडघर चौधरीले बताए।
_CRtiVFlLXb.jpg)
_sYeG5nj0Yw.jpg)
_JEgY0PijSz.jpg)
_yIYzXuWnoJ.jpg)
_XYAQw3W9ex.jpg)
_TncMu5LByg.jpg)
_TeFbzIi4y4.jpg)
_ar9wB9jqai.jpg)
_b1hNWHc8vB.jpg)
_vTiJigUv4Y.jpg)
_6p8fztU5zm.jpg)
_9OTFvN5JV1.jpg)
_KE6TDOWILj.jpg)
_WdIyO9lTpw.jpg)
तस्वीर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण