बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई आग्रह
शुक्रबार, १७ असोज २०८२, २१ : ४५
सारांश
- इप्पानले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि जलविद्युत आयोजनालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
- मौसम विभागको पूर्वानुमान अनुसार, असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना छ।
- कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन जलविद्युत आयोजनालाई आग्रह गरेको छ।
इप्पानले शुक्रबार एक सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनलाई उद्धृत गर्दै असोज २० गते सोमवारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा भई बाढी र पहिरोको उच्च जोखिम रहेको बताएको छ।
विशेषगरी कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारीदेखि अति भारी वर्षा भई सानादेखि ठुला नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेकाले जलविद्युत प्रवर्द्धकहरूलाई सतर्क रहन इप्पानले आग्रह गरेको हो। इप्पानले भनेको छ,'भारी वर्षा हुने यस अवधिभर जलविद्युत आयोजनाहरूमा क्षति हुन नदिन विशेष सतर्कता अपनाउन हुन अनुरोध गर्दछौँ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण