विश्व
इन्डोनेसियामा विद्यालय दुर्घटना: मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
शुक्रबार, १७ असोज २०८२, २२ : ०४
सारांश
- इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन ढल्दा आठ जनाको मृत्यु भएको छ।
- उद्धारकर्मीहरूले थप शव फेला पारेपछि मृतकको संख्या आठ पुगेको छ, ५५ जना अझै बेपत्ता छन्।
- विद्यालय भवन अनधिकृत नवीकरणको क्रममा ढलेको थियो, जसमा दर्जनौं विद्यार्थी फसेका थिए।
जकार्ता। इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन ढली दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको एक वरिष्ठ उद्धार अधिकारीले शुक्रबार बताएका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख सुहर्यान्टोले उद्धारकर्ताहरूले थप तीनवटा शव बरामद गरेको र मृतकको सङ्ख्या आठ पुगेको बताउनु भएको हो । जारी उत्खननमा भारी मेसिनरी तैनाथ गरिएको र ५५ जना अझै बेपत्ता रहेको उनले बताएका छन् ।
सुरुवाती समयमा उद्धारकर्मीहरू भारी उपकरणहरूले थप मृत्यु निम्त्याउन सक्छ भन्ने चिन्ताको कारण मुख्यतया मानविय स्रोतको भरमा उत्खनन गरेको जनाएका थिए ।
सिडोर्जो जिल्लाको बहुमंजिला अल खोजिनी इस्लामिक बोर्डिङ स्कुलको एक भाग सोमबार अनधिकृत नवीकरणको क्रममा ढलेको थियो, जसमा दर्जनौँ विद्यार्थीहरू फसेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण