अपडेट
काठमाडौँतर्फ आउने सवारी साधनलाई चितवनमै रोकियो
शनिबार, १८ असोज २०८२, ०८ : ५३
सारांश
- धादिङको जवाङ खोलामा पहिरो खसेपछि काठमाडौँतर्फ आउने सवारीसाधन चितवनमा रोकिएका छन्।
- जिल्ला प्रहरी कार्यालय चितवनले रामनगर क्षेत्रका सवारीलाई पोखरातर्फ पठाउने व्यवस्था गरेको छ।
- लगातारको वर्षाका कारण जवाङ खोलामा पहिरो गएको र जोखिम कायमै रहेको बताइएको छ।
काठमाडौँ । धादिङको जवाङ खोलामा खसेको पहिरोले सडक अवरोध यथावत् रहेको भन्दै काठमाडौँतर्फ आउने सवारीसाधनलाई चितवनमै रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले भनेको छ– 'धादिङको जवाङ खोला अवरोध यथावत् रहेकोले, हाललाई चितवनको रामनगर एरियामा भएका सवारी (काठमाडौँ जाने बाहेक, पोखरा तर्फको मात्र) सुचारू गरि पोखरा तर्फ पठाउने प्रबन्ध गरिएको छ । '
लगातारको वर्षपछि धादिङको जवाङ खोलामा पहिरो खसिरहेको छ । यद्यपि हाल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कायमै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण