विद्युत अवरुद्ध भयो ? ११५० मा फोन गर्नुहोस्
सारांश
- नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र ११५० मा सम्पर्क गर्न आग्रह गरेको छ।
- जल तथा मौसम विज्ञान विभागले भारी वर्षा र विपद्को चेतावनी दिएको छ।
- प्राधिकरणले विद्युतीय संरचनाको सुरक्षा र आपतकालीन अवस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।
काठमाडौं । देशका विभिन्न प्रदेशमा तीव्र वर्षा, बाढी, पहिरो र चट्याङको जोखिम बढेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले उपभोक्तालाई सतर्क रहन र विद्युत आपूर्तिमा समस्या आए तुरुन्त ११५० नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले आजदेखि २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा र विपद्को सम्भावना रहेको चेतावनी जारी गरेपछि प्राधिकरणले शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।
प्राधिकरणका प्रवक्ता राजन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “विद्युतीय संरचनामा क्षति पुग्न नदिन, सुरक्षित स्थानमा रहन र आकस्मिक अवस्थामा बाहेक बाहिर ननिस्कन सबैमा अनुरोध गरिएको छ। विद्युत अवरुद्ध भएमा वा संरचनामा क्षति पुगेमा तुरुन्तै ११५० हटलाइन वा स्थानीय नो-लाईट नम्बरमा सम्पर्क गरी जानकारी दिनुहोस्।”
प्राधिकरणले प्रतिकूल मौसमका कारण सेवा अवरुद्ध भए पनि मर्मत तथा पुनःसञ्चालनका लागि सम्बन्धित कर्मचारीहरू तयारी अवस्थामा राखिएको जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण