बल्खु तरकारी बजार खाली, सुकुमबासी बस्तीलाई सुरक्षित स्थानमा सारियो (तस्बिरहरु)
सारांश
- अविरल वर्षाका कारण बागमती नदीमा पानीको बहाव बढेपछि बल्खु र विष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ।
- बल्खु तरकारी बजार खाली गराइएको छ भने सुकुमबासी बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
- प्रशासनले उद्धार तथा सतर्कताका कार्यहरू गरिरहेको छ, तर वर्षा जारी रहेकाले जोखिम कायमै छ।
काठमाडौं । अविरल वर्षासँगै बागमती नदीको बहाव तीव्र बनेसँगै बल्खु र बिष्णुमती दोभान क्षेत्र डुबानमा परेको छ।
पानीको सतह अलर्ट अवस्थामा पुगेपछि बल्खु तरकारी बजार खाली गराइएको भने नदी किनारका सुकुमबासी बस्तीहरूबाट पनि स्थानीयलाई हटाइएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
यसैगरी बल्खु–कुलेश्वर क्षेत्रमा बागमती खोलाको पानी बस्तीभित्र पस्दा करिब १०० सुकुमबासी घरधुरीलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । प्रभावितहरूलाई जनविकास माध्यमिक विद्यालय, बल्खुमा अस्थायी रूपमा राखिएको छ।
स्थानीय प्रशासनका अनुसार शुक्रबार दिउँसोदेखि नै बागमती, विष्णुमती र बल्खु खोलाको दोभान क्षेत्र वरिपरि जलस्तर तीव्र रूपमा बढेको छ।
बागमती र विष्णुमती किनारमा डुबान बढ्दै गएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाका टोलीले उद्धार तथा सतर्कता कार्य सञ्चालन गरिरहेका छन्। हालसम्म कुनै मानवीय क्षतिको खबर छैन तर अविरल वर्षा जारी रहेकाले थप जोखिम कायमै छ।
तस्बिरहरू : बल्खु सुकुमबासी बस्ती, बिष्णुमती र बागमती दोभान क्षेत्र, पानीमा डुबेका सडक क्षेत्र।



















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
-
सबै व्यक्तिमाथि कानुन समान रूपमा लाग्नुपर्छ, विभेदकारी छानबिन मानिँदैन : नेता दाहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण