बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरभित्र बाढीको जोखिममा परेकाहरू ५ वटा विद्यालयमा

शनिबार, १८ असोज २०८२, २० : १३
शनिबार, १८ असोज २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा परेका मानिसहरूलाई विद्यालयमा आश्रय दिएको छ।
  • मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै खाने र बस्ने व्यवस्था मिलाइएको बताए।
  • विभिन्न विद्यालयहरूमा आश्रय लिइरहेका मानिसहरूको संख्या र आपत्कालीन सम्पर्क नम्बरहरू पनि सार्वजनिक गरिएको छ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार साँझसम्म महानगरपालिका भित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेको बताएका छन् । महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।

‘महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रय स्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ । उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ’, प्रमुख शाहले भनेका छन् । साथै विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना र गुह्येश्वरीमा ५२ जना बसिरहेको पनि जनाएका छन् । मेयर शाहका अनुसार जन विकास, कुलेश्वरमा ५२ परिवार (२५१ जना) बसिरहेका छन् भने महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेका छन्।

शाहले कुनै आपत्कालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर १६६००१०५५११,०१५९०१७६४,०१५९०१७६३ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप