नेपाली सेनाद्वारा विपद् प्रतिकार्यका लागि २३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मी परिचालन
सारांश
- नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २३७ जना उद्धारकर्मी परिचालन गरेको छ।
- ७७ वटै जिल्लाहरूमा सेनाका गणहरू र गुल्महरू उद्धार सामग्रीसहित तयारी अवस्थामा राखिएका छन्।
- उद्धार कार्यलाई छिटो बनाउन सुर्खेत र इटहरीमा हेलिकप्टर तैनाथ गरिएको छ, साथै समन्वयका लागि ज्येष्ठ अधिकृतहरू परिचालन गरिएको छ।
काठमाडौँ । नेपाली सेनाले मनसुनजन्य विपद् प्रतिकार्यका लागि २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू परिचालन गरेको जनाएको छ ।
नेपाली सेनाका रथी विष्णुकुमार खड्काका अनुसार नेपाली सेनाका ७७ वटै जिल्लाहरूमा तैनाथ ९४ वटा गणहरूबाट एक गुल्म र ५८ वटै गुल्महरूमा एक स्ट्यान्ड बाइ फौज आधारभूत उद्धार सामग्रीहरूसहित परिचालन गर्नका लागि तयारी अवस्थामा राखेको बताए ।
२७ स्थानमा २ सय ३७ जना विशेष तालिम प्राप्त उद्धारकर्मीहरू आफ्ना इक्वीपमेण्टहरुसहित अग्रिम तैनाथ गरिएको अवस्थामा राखिएको उनले बताए । उद्धार छिटो होस् भन्ने हेतुले सुर्खेतमा र इटहरीमा एक—एक वटा हेलिकप्टर तैनाथ गरिएको जानकारी दिए । ज्येष्ठ अधिकृतहरूबाट समन्वय सरल बनाउन खबर सङ्कलन, अन्य सुरक्षा निकायहरू, स्थानीय निकायहरूसँग समन्वय गरिएको बताए ।
उनले डुबान इलाकामा बस्ती स्थानान्तरण र सुरक्षित स्थानमा राख्ने काम संयुक्त प्रयासमा गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण