नेपाल एयरलाइन्सले आज भैरहवामा उद्धार उडान गर्दै
सोमबार, २० असोज २०८२, ०७ : ४४
सारांश
- नेपाल एयरलाइन्सले बाढीपहिरो प्रभावित क्षेत्रका लागि उद्धार उडान गर्ने भएको छ।
- उडानले काठमाडौं-भैरहवा-काठमाडौं सेक्टरमा अशक्त, वृद्धवृद्धा र बिरामीलाई प्राथमिकता दिनेछ।
- उडान दिउँसो १ बजे काठमाडौंबाट र २:४५ बजे भैरहवाबाट उड्नेछ, भाडादर तोकिएको छ।
काठमाडौं । बाढी र पहिरोका कारण देशभर सिर्जित विषम परिस्थितिमा नेपाल एयरलाइन्सले सोमबार एक विशेष उद्धार उडान सञ्चालन गर्न लागेको छ।
राष्ट्रिय ध्वजावाहकको जिम्मेवारी र नेपाल सरकारको निर्देशनअनुसार काठमाडौं–भैरहवा–काठमाडौं सेक्टरमा उद्धार उडान सञ्चालन गर्न लागेको एयरलाइन्सका प्रवक्ता सुवास डाँगीले जानकारी दिए ।
उनका अनुसार उक्त उडानमा अशक्त, वृद्धवृद्धा, बिरामी तथा अत्यावश्यक यात्रुहरूलाई विशेष प्राथमिकता दिइने छ।
उडान काठमाडौंबाट दिउँसो १ बजे र भैरहवाबाट काठमाडौंका लागि दिउँसो २:४५ बजे प्रस्थान गर्ने तालिका तय गरिएको छ। यात्रुहरूलाई अधिकतम ३० केजी सम्म लगेजको अनुमति दिइएको डाँगीले जानकारी दिए ।
भाडादरका लागि काठमाडौं–भैरहवा सेक्टरमा रु. ५ हजार र भैरहवा–काठमाडौं सेक्टरमा रु. ७ हजार तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण