मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पूर्वमा बाढी पहिरोको वितण्डा : सेनाद्वारा घाइतेहरुकाे उद्धार

सोमबार, २० असोज २०८२, १० : ५६
सोमबार, २० असोज २०८२

सारांश

  • इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि झापा लगियो।
  • सन्दकपुर नगरपालिका-४ माबु इलाकामा पहिरोमा परी घाइते भएकाहरुलाई हेलिकप्टरमार्फत झापा लगिएको हो।
  • झापामा सेनासहितको सुरक्षा फौजले मोटर बोट, डुङ्गा र पैदल यात्राबाट ९१ जनाको उद्धार गर्‍यो।

काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको  हेलिकप्टरमार्फत झापा लगिएको छ । 

पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्याइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा  एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजकै सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप