शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुरक्षाको प्रत्याभूति दिन र दण्डहीनता रोक्न निजी क्षेत्रको ध्यानाकर्षण

सोमबार, २० असोज २०८२, १५ : २०
सोमबार, २० असोज २०८२

सारांश

  • उद्यमी र व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति र दण्डहीनता रोक्न माग गरेका छन्।
  • निजी क्षेत्रमाथि आक्रमण र कारबाही नभए थप निरुत्साहित हुने भन्दै सरकारको ध्यानाकर्षण गराए।
  • अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रयत्नशील रहेको बताउँदै राजस्व छुटलगायतका कार्यक्रम सार्वजनिक गरेको बताए।

काठमाडौँ । उद्यमी तथा व्यवसायीहरूले सुरक्षाको प्रत्याभूति दिन र दण्डहीनता रोक्न माग गरेका छन् । अर्थमन्त्री रामेश्वर खनालसँग भेटेर उनीहरूले यस्तो माग गरेका हुन् ।

भेटका क्रममा सकारात्मक परिवर्तनका लागि युवाहरूले गरेको आन्दोलनका क्रममा भएको घुसपैठले अर्थतन्त्रमा ८१ र रोजगारीमा ८६ प्रतिशत हिस्सा राख्ने निजी क्षेत्रमाथि आक्रमण भएको भन्दै त्यसले उद्यमी व्यवसायी निरुत्साहित भएको गुनासो गरेका छन् ।

यस्ता घुसपैठ र लुटपाट तथा आगजनीमा संलग्नमाथि कारबाही हुन सकेन भने निजी क्षेत्र थप निरुत्साहित हुने भन्दै तत्काल कानुनी कारबाही गर्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

जवाफमा अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।

अर्थमन्त्रीसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाललगायत सहभागी रहेका थिए ।

उद्यमी व्यवसायीलाई आस्वस्त पार्दै मन्त्री खनालले सरकारले पुर्ननिर्माणका लागि राजश्व छुट, बैंकिग सहुलियत र बिमामा सहजीकरणका कार्यक्रम सार्वजनिक गरेको भन्सारमा अनलाइन डेटाबेस प्रणाली लागु गरिएपछि बजारमा पारदर्शी कारोबारले प्रश्रय पाउने बताए ।

निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरूले सरकारको उक्त कदमको प्रशंसा गरेका थिए । निजी क्षेत्रको माग बमोजिम जडित नयाँ डेटाबेस प्रक्रियाको उपयोग गर्न तीनै संस्थाले सदस्य एवं उद्यमी व्यवसायीलाई आग्रह समेत गरेका छन् ।

असोज ९ गते अर्थमन्त्री रामेश्वर खनालले उद्घाटन गरेको उक्त प्रणालीले हरेक ६ महिनामा परिमार्जन हुने सन्दर्भ पुस्तिकाका विषयमा व्यवसायीको गुनासो सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

यस विधिमा जाँचपास भएको सबै वस्तुको मूल्य विवरण सङ्ग्रह गरिने सरकारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप