बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शरीरको प्रतिरोध प्रणालीबारे खोजी गर्ने तीन वैज्ञानिकलाई नोबेल चिकित्सा पुरस्कार

सोमबार, २० असोज २०८२, १८ : ५२
सोमबार, २० असोज २०८२

सारांश

  • यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणा गरियो।
  • म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीले शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गरे।
  • उनीहरूले 'रेग्युलेटरी टी-सेल' पत्ता लगाए, जसले क्यान्सर र 'अटोइम्युन' रोगको उपचारमा सहयोग गर्नेछ।

स्टकहोम । यस वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ ।

 नोबेल पुरस्कार कमिटीले सोमबार स्वीडेनको स्टकहोममा आयोजित एक कार्यक्रममा शरीरको प्रतिरोध प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिक
म्यारी ई. ब्रन्को, फ्रेड राम्सडेल र सिमोन साकागुचीलाई  सो पुरस्कार दिने घोषणा गरेको हो ।

यि तीन जनाले शरीरको प्रतिरोध प्रणालीमा 'रेग्युलेटरी टी-सेल' नामक विशेष कोषहरू रक्षकका रूपमा उपस्थित हुन्छन् भन्ने तथ्य पत्ता लगाएका थिए । शरीरको शक्तिशाली प्रतिरक्षा प्रणालीलाई नियन्त्रणमा राख्न आवश्यक छ, नत्र यसले हाम्रो आफ्नै अंगहरूमा आक्रमण गर्न सक्छ । ब्रन्को, राम्सडेल र साकागुचीले यसलाई नियन्त्रणमा राख्ने तरिका पत्ता लगाएका थिए ।

वैज्ञानिकहरूको यो नयाँ खोजले क्यान्सर तथा 'अटोइम्युन' रोगहरूको उपचारमा थप टेवा पुग्ने नोबेल कमिटीले जनाएको छ । यसले अंग प्रत्यारोपण (ट्रान्सप्लान्टेसन)लाई अझ सफल बनाउन पनि मद्दत पुर्‍याउन सक्ने मानिएको छ  । यीमध्ये केही उपचारहरू अहिले नै क्लिनिकल ट्रायलमा छन्।

नोबेल विजेताले नोबेल डिप्लोमा, नोबेल पदक र १ करोड १० लाख स्वीडिस क्रोनर (१० लाख अमेरिकी डलर) पाउँछन् । एकभन्दा बढी विजेता भएमा पुरस्कार रकम बाँडिन्छ  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप