शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : निर्वाचनको कार्यतालिका सार्वजनिक, ओली र लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमा अभियान

सोमबार, २० असोज २०८२, २२ : ००
सोमबार, २० असोज २०८२

आज २०८२ असोज २० गते सोमबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा निर्वाचनको कार्यतालिका सार्वजनिक, ओली र लेखकलाई पक्राउ गर्न मागसहित सामाजिक सञ्जालमा अभियान, सरकारमा जेनजीको सहभागिता अन्योलमा, सात सहसचिवको सरुवा, चुनावको पक्षमा उभियो माओवादी, एमालेमा नेतृत्वबारे बहस लगायत छन् ।

१. निर्वाचनको कार्यतालिका सार्वजनिक
आगामी फागुन २१ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको हो ।

२. ओली र लेखकलाई पक्राउ गर्न मागसहित सामाजिक सञ्जालमा अभियान
जेनजी आन्दोलनबाट सत्ता गुमाएका एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा अभियान चलाइएको छ ।

३. सरकारमा जेनजीको सहभागिता अन्योलमा
अन्तरिम सरकारमा आफ्नो प्रतिनिधित्वको सवालमा जेनजी समूहभित्र मतभिन्नता देखिएको छ । जेनजीका विभिन्न समूहमध्ये कोही सरकारमा जानुपर्ने पक्षमा छन् भने कोही विपक्षमा । परिणामस्वरुप सरकारमा जेनजीको प्रतिनिधित्व अन्योल भएको हो ।

४. सात सहसचिवको सरुवा
सरकारले सात जना सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले सहसचिव (राजपत्राङ्कित प्रथम श्रेणी)हरूको सरुवा गर्ने निर्णय गरेको हो ।

५. चुनावको पक्षमा उभियो माओवादी
नेकपा माओवादी केन्द्र चुनावको पक्षमा अझ प्रस्ट भएर उभिएको छ । सोमबार बसेको सचिवालय बैठकले चुनावमा जाने निर्णय गरेको हो । 

६. एमालेमा नेतृत्वबारे बहस
नेकपा एमालेमा केपी शर्मा ओलीकै नेतृत्व कायम राखेर अघि बढ्ने या विकल्प खोज्ने भन्नेबारे बहस चल्न थालेको छ । पार्टी कमिटीभित्र औपचारिक बैठकमा नभए पनि नेताहरू अनौपचारिक फोरममा यसबारे चर्चा गर्न थालेका छन् ।

७. राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक भोलि
प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक आह्वान गरेकी छन् । बैठक भोलि (मंगलबार) बिहान साढे ११ बजे बस्ने भएको छ ।

८. टिकट नपाउँदा इलाम जान पाएनन् दुई मन्त्री
हवाई टिकट नपाएका कारण दुई मन्त्री इलाम जान पाएनन् । हालैको अविरल वर्षापछिको बाढी तथा पहिरोबाट ठुलो क्षति भएको इलाममा निरीक्षणका लागि गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङ जान लागेका थिए ।

९. सार्वजनिक बिदाबारे दोहोरो सूचनाले कर्मचारी अन्योलमा
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले सोमबारका लागि दिइएको ‘सार्वजनिक बिदा’ खारेज ग¥यो । अविरल वर्षासँगै बाढी र पहिरोको जोखिमका कारण गृह मन्त्रालयको निर्णय बमोजिम प्रशासनले यस्तो निर्देशन दिएको थियो । प्रशासनको निर्देशन अनुसार अनुसार आज सबै सरकारी कार्यालय खुल्नुपर्थ्यो, तर आज काठमाडौँमा अधिकांश सरकारी कार्यालय खुलेनन् ।

१०. वडा सदस्य डल्लीदेवी ५२ वर्षको उमेरमा १ कक्षामा पढ्दै
अक्षर चिन्ने अठोटका साथ कञ्चनपुरको लालझाडी गाउँपालिका–४ की वडा सदस्य डल्लीदेवी चौधरी १ कक्षामा भर्ना भएर साना बालबालिकाका साथ पढ्न थालेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप