बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बाढी-पहिरोले अझै अवरुद्ध छन् यी राजमार्ग

मङ्गलबार, २१ असोज २०८२, ०७ : २३
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड अवरुद्ध छन्।
  • बीपी राजमार्गको माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोले आवतजावत बन्द गरेको छ।
  • पासाङल्हामु राजमार्ग र कोशी राजमार्गमा पनि पहिरोका कारण सवारी साधन चलेका छैनन्।

काठमाडौँ । बाढी-पहिरोको कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अझै अवरुद्ध छन् । नेपाल प्रहरीका अनुसार बीपी राजमार्गमा पर्ने काभ्रेपलान्चोकको रोशी गाउँपालिका ११ माम्तीखोला, बुलढुंगा र डालावेशीमा पहिरोका कारण आवत–जावत अवरुद्ध रहेको छ ।  

त्यस्तै कोशी राजमार्गमा पर्ने सङ्खुवासभाको मकालु गाउँपालिका ३ एकुवा र भोटखोला गाउँपालिका ४ बरूणमा खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

यता पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ स्थित घट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोको कारण सवारी साधन चल्न सकेका छैनन् भने रसुवाको गोसाईंकुण्ड गाउँपालिका २ रसुवागढी स्थित नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध रहेको छ ।

काठमाडौँ उपत्यकाको सवारी आवागमन तथा नाकाहरूको आवागमन पनि सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप