संसारकै सबैभन्दा महँगो एक कप कफी
सारांश
- दुबईको 'रोस्टर्स' कफी पसलले सबैभन्दा महँगो कफी बेचेर गिनिज वर्ल्ड रेकर्ड कायम गर्यो, जसको मूल्य २,५०० दिर्हाम थियो।
- यो कफी पानामाको हासिन्डा ला एस्मेराल्डा फार्मबाट प्राप्त गेइशा दानाबाट तयार पारिएको थियो र ग्राहकलाई तिरामिसु र आइसक्रिम पनि दिइएको थियो।
- रोस्टर्सले गत महिना 'बेस्ट अफ पानामा २०२५' लिलामीमा ६ लाख ४ हजार डलरमा गेइशा कफी दाना खरिद गरेको थियो।
दुबई । दुबईको एउटा प्रतिष्ठित कफी पसल ‘रोस्टर्स’ ले संसारकै सबैभन्दा महँगो एक कप कफी बेचेर नयाँ गिनिज वर्ल्ड रेकर्ड कायम गरेको छ। यस कफीको मूल्य २ हजार ५०० दिर्हाम (६८० डलर) रहेको छ।
रोस्टर्सले सेप्टेम्बर १३ मा बुलेभार्ड डाउनटाउन दुबईमा रहेको आफ्नो मुख्य शाखामा एक ग्राहकलाई भी६० विधिबाट तयार पारिएको कफी जापानको हातेकलायुक्त इडो किरिको क्रिस्टल ग्लासमा पस्किएको थियो।
यो कफी विश्व प्रसिद्ध पानामानियन गेइशा दानाबाट बनाइएको थियो, जुन पानामाको हासिन्डा ला एस्मेराल्डा फार्मबाट प्राप्त गरिएको थियो। कफीसँगै सोही गेइशा दानाको सारयुक्त तिरामिसु र चकलेट आइसक्रिम पनि दिइएको थियो।
रोस्टर्सले गत महिना ‘बेस्ट अफ पानामा २०२५’ लिलामीमा २० किलोग्राम गेइशा कफी दाना ६ लाख ४ हजार डलरमा खरिद गरेर विश्वव्यापी कफी उद्योगलाई चकित पारेको थियो।
फूल, फलफूल र सिट्रसको स्वादका लागि चिनिने गेइशा कफीको दाना नै यस रेकर्डको मुख्य आकर्षण थियो। ग्राहकलाई कफीको तयारी र गेइशा दानाबारे जानकारीमूलक कार्डहरू पनि प्रदान गरिएको थियो। रोस्टर्सका सह-संस्थापक तथा सीईओ कोन्स्टान्टिन हर्बुजले यो रेकर्डले दुबईलाई असाधारण कफी अनुभवको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुगेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण