दुई युरोपेली लिग खेल विदेशमा खेलाउने निर्णय ‘बाध्यतापूर्वक’ : यूईएफए
सारांश
- UEFA ले युरोपेली लिगका दुई खेल विदेशमा खेलाउने निर्णयलाई अनुमोदन गरेको छ, जसलाई अध्यक्षले 'अप्रिय' भनेका छन्।
- स्पेनिस र इटालियन क्लबहरूले क्रमशः मियामी र अस्ट्रेलियामा खेल खेल्नेछन्।
- UEFA ले फिफाको नियमन ढाँचाको कमीको कारण यसलाई रोक्न नसकेको जनाएको छ, र प्रशंसक समूहले यसको विरोध गरेको छ।
जुरिच । यूईएफएले ‘बाध्यतापूर्वक’ युरोपेली लिगका दुई खेल विदेशमा खेलाउने निर्णयलाई अनुमोदन गरेको बताएको छ। यूईएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले यसलाई 'अप्रिय' र 'असाधारण' निर्णय भन्दै यो 'नजिर नबन्ने' दाबी गरेका छन्।
स्पेनिस ला लिगा का क्लबहरू भिल्लारियल र बार्सिलोनाले डिसेम्बरमा मियामीमा खेल्नेछन्। यस्तै, फेब्रुअरीमा इटालियन सिरी 'ए' को एसी मिलान र कोमो बिचको खेल अस्ट्रेलियाको पर्थ मा हुनेछ।
यूईएफएले यस योजनाको 'स्पष्ट विरोध' गरेको भए पनि यसलाई रोक्ने कानुनी ढाँचा नभएकाले अनिच्छापूर्वक अनुमोदन गर्नुपरेको बताएको छ। सेफेरिनले लिग खेलहरू आफ्नै देशमा खेलाइनुपर्ने र विदेशमा खेल्दा 'वफादार प्रशंसकहरूलाई वञ्चित गर्ने' बताए।
फिफाको नियामक ढाँचा 'स्पष्ट र विस्तृत नभएको' कारणले आफूहरूले यसलाई रोक्न नसकेको यूईएफएले बताएको छ।
प्रशंसक समूह फुटबल स्पोर्टर्स युरोपले यस निर्णयले खेलकुदमा 'दीर्घकालीन क्षति' पुर्याउन सक्ने भन्दै यस्तो हुन नदिन कडा नियम बनाउन माग गरेको छ। उनीहरूले यो योजनाको प्रतिरोध गर्नका लागि हरेक सम्भावित विकल्प खोजिरहेको बताएका छन्।
यसअघि पनि ला लिगाले मियामीमा खेल खेलाउने प्रयास गरे पनि विभिन्न कारणले सफल भएको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण