फेरि आमा बन्दै कमेडियन भारती सिंह
सारांश
- भारतीय कमेडियन भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचिया फेरि दोस्रो सन्तानको अभिभावक बन्न लागेका छन्।
- भारती सिंहले सामाजिक सञ्जालमा श्रीमानसँगको तस्बिर सेयर गर्दै आफू आमा बन्न लागेको जानकारी गराइन्।
- सेलिब्रेटी र फ्यानहरूले सामाजिक सञ्जालमार्फत उनीहरूलाई बधाई दिएका छन्, उनीहरूको पहिलो सन्तान २०२२ मा जन्मिएको थियो।
नयाँ दिल्ली । भारतीय कमेडियन भारती सिंह र उनको श्रीमान् हर्ष लिम्बाचिया छिट्टै दोस्रो सन्तानको माता–पिता बन्न लागेको खबर बाहिरिएको छ । यो जोडीको यसअघि एक छोरा छन् ।
यसैबिच भारती सिंहले सामाजिक सञ्जालमा हर्ष लिम्बाचियासँगको एउटा सुन्दर तस्बिर सेयर गर्दै आफू फेरि आमा बन्न लागेको बताएकी छिन् ।
फोटोमा हर्षले भारतीलाई अँगालो हालेको देखिन्छ । फोटोमा भारतीको ‘बेबी बम्प’ पनि प्रस्टै देखिन्छ । उनको यो पोस्टमा परिणति चोपडा, दिव्या अग्रवाल, नीति टेलर दृष्टि धामी, जेमी लिभर लगायत कयौँ सेलिब्रेटी र फ्यानहरूले बधाई दिइरहेका छन् ।
भारती र हर्षले २०१७ मा विवाह गरेका थिए । २०२२ को अप्रिलमा जोडीको पहिलो सन्तान जन्मियो । उनीहरूले छोराको नाम लक्ष्य लिम्बाचिया राखेका थिए । आफ्नो भ्लग र पोडकास्टमा भारती र हर्ष दुवैले बारम्बार दोस्रो सन्तानको इच्छा व्यक्त गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण