विश्वकप छनोट खेल भोलिबाट, नेपालको पहिलो खेल कुवेतसँग
मङ्गलबार, २१ असोज २०८२, १२ : १८
सारांश
- भोलि (बुधबार) बाट आईसीसी टी-ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट फाइनल खेल सुरु हुँदैछ।
- नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ, जसमा कुवेतसँगको खेल राति ८:४५ मा सुरु हुनेछ।
- नेपालले सुपर सिक्समा पुग्न समूह चरणको खेलमा जित निकाल्नुपर्नेछ, र शीर्ष तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।
काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेल भोलि (बुधबार) बाट सुरु हुँदैछ ।
नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र कुवेतबिचको खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ ।
प्रतियोगितामा नेपालले दोस्रो खेलामा जापानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणको एक खेलमा मात्र सहज जित निकाल्दै नेपाललाई सुपर सिक्समा पुग्ने अवसर छ ।
विश्वकप छनोटका खेलहरु अक्टोबर ८ देखि १७ सम्म हुनेछ । समूह चरणको शीर्ष स्थानमा रहेको खण्डमा नेपाल सुपर सिक्समा छनोट हुनेछ ।
सुपर सिक्सको शीर्ष तीन टिमले अर्को वर्ष हुने टी ट्वान्टी विश्वकपमा स्थान बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण