जेनजी आन्दोलनका क्रममा फरार रहेका कैदी मृत फेला
मङ्गलबार, २१ असोज २०८२, १९ : ००
सारांश
- जेनजी समूहको आन्दोलनको मौकामा झुम्का कारागारबाट फरार कैदी उदयपुरमा मृत फेला परे।
- मृतक ३५ वर्षीय गम्भीर बहादुर दनुवार कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोगिरहेका थिए।
- उनी झुम्का कारागारबाट भागेर घर नजिकै झुन्डिएको अवस्थामा फेला परे, घटनाको अनुसन्धान जारी छ।
उदयपुर । जेनजी समूहद्वारा गरिएको आन्दोलनको मौका पारी झुम्का कारागारबाट फरार भएका एक कैदी उदयपुरमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
मृत भेटिनेमा उदयपुर, त्रियुगा नगरपालिका वडा नं. ८ शाहीखोला राजाबास बस्ने ३५ वर्षीय गम्भीर बहादुर दनुवार रहेका छन्। उनी कर्तव्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए।
गत २०८२ भदौ २३ र २४ गते जेन-जी समूहद्वारा भएको आन्दोलनका क्रममा दनुवार झुम्का कारागारबाट फरार भएका थिए। उनी आफ्नै घरभन्दा करिब १०० मिटर टाढा सिसौको रुखमा झुन्डिएको मृत अवस्थामा फेला परेका हुन्।
सुनसरी जिल्ला अदालतको २०७७/१२/१३ गतेको फैसलाले दनुवारलाई कर्तव्य ज्यान मुद्दामा जन्म कैद (२० वर्ष) सजाय तोकिएको थियो।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि शव आफन्तलाई बुझाइएको छ र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण