सातदोबाटोका डीएसपी यादव तानिए, पूर्णिमा चन्दलाई जिम्मेवारी
मङ्गलबार, २१ असोज २०८२, २० : ५७
सारांश
- ललितपुरको सातदोबाटो वृत्तमा कार्यरत डीएसपी रामकुमार यादवलाई काज सरुवा गरिएको छ।
- डीएसपी यादवलाई आर्थिक गतिविधि शङ्कास्पद देखिएपछि जिम्मेवारीबाट हटाइएको हो।
- प्रहरी प्रधान कार्यालयले सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरेको छ।
काठमाडौँ । ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी रामकुमार यादव तानिएका छन् । ६ महिनाअघि सातदोबाटोमा आएका यादवलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा काज सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरेको छ । यसअघि स्वयम्भू वृत्तको कमाण्ड गरेकी चन्द जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिइन् ।
आर्थिक गतिविधि शङ्कास्पद देखिएपछि यादवलाई जिम्मेवारीबाट हटाइएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण