शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : जाहेरी भर्सेस जाहेरी, पक्राउ गर्ने कसरी ?

मङ्गलबार, २१ असोज २०८२, २२ : ००
मङ्गलबार, २१ असोज २०८२

आज २०८२ असोज २१ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • शेखर फकाउँदै

 नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन गर्न दबाब दिन हस्ताक्षर अभियान चलाइरहेका छन् । 

  • एकताको प्रस्ताव

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेको छ । भदौ २३ र २४ गतेको जेनजी विद्रोहले कम्युनिस्ट केन्द्र निर्माणको वस्तुगत आधार र आवश्यकतालाई बलियो बनाएको निष्कर्ष सहित उक्त प्रस्ताव अगाडि सारेको हो ।

  • ‘बेबी बुमर्स’

भदौ २३ र २४ गते भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी समूहले गरेको विद्रोहका कारण केपी ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धन सरकार ढल्यो । जेनजी विद्रोहले सत्तामात्र ढलेन, राज्यका प्रमुख अङ्ग कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका भौतिक संरचना ध्वस्त भयो ।

  • जहेरी भर्सेस जाहेरी

जिल्ला प्रहरी परिसर काठमाडौँले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको दाबी गर्दै हामी नेपालका संयोजक सुदन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेको छ ।

  • प्रहरीले किन पक्राउ गर्न चाहेन ?

जेनजी आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर बालबालिकाको हत्या गरेको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जेनजीले पक्राउ गर्न दबाब दिए पनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ । 

भाद्र २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक तथा मानवीय क्षतिका विषयमा गठित जाँचबुझ आयोगले उक्त घटनामा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान र कारबाही गर्न आफ्नो प्रतिवेदन कुर्न नपर्ने स्पष्ट गरेको छ ।

  • बक्सअफिस

करिब तीन महिना अघि अर्थात् असार १६ गते चलचित्र विकास बोर्डले ‘रियल टाइम बक्सअफिस’ लागु गर्‍यो । बोर्डको २५ औँ वार्षिकोत्सवका अवसर पारेर ‘रियल टाइम बक्सअफिस’ तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङबाट उदघाटन गरिएको थियो ।

  • रुग्ण उद्योग

जेनजीहरूले आर्थिक क्षेत्रमा समेत हस्तक्षेप बढाउन थालेका छन् । जेनजी आन्दोलनको बलमा नयाँ सरकार गठनसँगै राजनीतिक विवाद र बहसमा उत्रिएको बेला सरकारले लिएका आर्थिक नीति पुनरवलोकलका लागि हस्तक्षेप गर्न थालेका हुन् ।

  • डेडलाइन फागुन २१

जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारको प्रमुख ‘म्याण्डेट’ नै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउनु हो । तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न दलहरूलाई विश्वासमा लिनु सरकार र निर्वाचन आयोग दुवैको दायित्व हो ।

नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ ।

  • राजीनामा माग

‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ।

  • विपद् व्यवस्थापन

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोले नेपालले भोगेको ठुलो धनजनको क्षति सम्झनामै ताजै छँदा यस वर्ष पनि दशैंको मुखैमा मुलुकले अर्को मौसमी विपद्को सामना भाग्नु पर्‍यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप