तीन जिल्लाबाट ठूलो परिमाणमा पटका बरामद
सारांश
- नेपाल प्रहरीले कञ्चनपुर, सर्लाही र उदयपुरबाट २ लाख ५६ हजार रुपैयाँ बराबरको पटका बरामद गरेको छ।
- कञ्चनपुरको बेलौरीमा १ लाख ४० हजार रुपैयाँको पटका बरामद गरिएको छ।
- सर्लाही र उदयपुरमा पनि पटका बरामद, अनुसन्धान जारी छ।
काठमाडौँ । नेपाल प्रहरीले कञ्चनपुर, सर्लाही र उदयपुरका विभिन्न स्थानबाट करिब २ लाख ५६ हजार रुपैयाँ मूल्य बराबरको पटका बरामद गरेको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका-१०, भुडास्थित बाटो नजिकैबाट मंगलबार राति करिब १ लाख ४० हजार ९ सय ७७ रुपैयाँ मूल्यको २९ बट्टा पटका बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय बेल्डाडीबाट खटिएको टोलीले उक्त पटका फेला पारेको हो।
सर्लाहीको ईश्वरपुर नगरपालिका-९, रामनगरस्थित सडकबाट मंगलबार राति नै करिब ६५ हजार ५ सय रुपैयाँ मूल्यको पटका बरामद गरिएको छ। ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएका प्रहरीलाई देख्नासाथ नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले पटका फ्याँकेर भागेपछि प्रहरीले बरामद गरेको हो।
उदयपुरको त्रियुगा नगरपालिका-६ बाट बुधबार बिहान करिब ५० हजार रुपैयाँ मूल्य बराबरको पटका बरामद भएको छ। प्रहरी चौकी लालपताबाट खटिएको टोलीले काठमाडौँबाट गाईघाटतर्फ आउँदै गरेको प्र.३-००१ ख २५१० नम्बरको बसको डिक्कीमा उक्त पटका फेला पारेको हो।
प्रहरीले बरामद गरिएको पटकाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
-
साउन १५ सम्ममा मन्त्रिपरिषद् हेरफेरसँगै मन्त्रालयको सङ्ख्या कटौती गर्ने तयारी
-
धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण