बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मधेस प्रदेश

एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

बुधबार, २२ असोज २०८२, १४ : १०
बुधबार, २२ असोज २०८२

सारांश

  • नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
  • मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको आरोप एमालेले लगाएको छ।
  • एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ र नयाँ सरकार गठनको तयारी भइरहेको छ।

जनकपुरधाम । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार सो पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो । पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ । एमालेका एक नेताले भने– ‘मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले सुशासन र विकासका पक्षमा काम गर्न असफल भयो, त्यसैले हामीले समर्थन फिर्ता लिएका हौँ ।’

एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।

स्रोतका अनुसार एमाले नयाँ सरकार गठनको तयारीमा लागेको छ । यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल सुरु गरिएको बताइएको छ । ‘प्रदेशमा स्थायित्व र सुशासनका लागि नयाँ नेतृत्व आवश्यक छ,’ एमालेका एक नेताले बताए ।

यसअघि नै नेपाली कांग्रेसले पनि मुख्यमन्त्री सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । योसँगै मधेस प्रदेशमा सत्ता परिवर्तनको चर्चा तीव्र बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप