पूर्वसभामुख सापकोटाले फिर्ता गरे गाडी
सारांश
- पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयलाई गाडी फिर्ता गरेका छन्।
- सापकोटालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयले गाडी उपलब्ध गराएको थियो।
- सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गर्दै फिर्ता गर्न आग्रह गरेको थियो।
काठमाडौँ । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन् । संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सापकोटाले बुधबार गाडी फिर्ता गरेको जानकारी दिए ।
सापकोटालाई मन्त्रिपरिषद्को निर्णयअनुसार सचिवालयले गाडी उपलब्ध गराएको थियो । सुशीला कार्की नेतृत्वको सरकारले पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गर्दै फिर्ता गर्न आग्रह गरेको थियो ।
त्यसपछि संघीय संसद् सचिवालयलाई सापकोटाले आफूलाई उपलब्ध गराइएको गाडी दसैँ पछि फिर्ता गर्ने जानकारी गराएका थिए । त्यही जानकारी बमोजिम आज सापकोटाले प्रयोग गरेको गाडी सचिवालयमा फिर्ता आएको प्रवक्ता गिरीले रातोपाटीलाई जानकारी दिए ।
आजै रातोपाटीमा संसद् सचिवालयले उपलब्ध गराएको गाडीबारे समाचार प्रकाशित भएको थियो । समाचार प्रकाशित भएलगत्तै सापकोटाको सचिवालयले रातोपाटीलाई सम्पर्क गर्दै मंगलबारकै मितिमा गाडी फिर्ता गरिएको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण