विपद्बाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन दिँदैनौँ: विपद् प्राधिकरण
सारांश
- राष्ट्रिय विपद् प्राधिकरणले विपद् प्रभावित परिवारलाई राहत वितरणमा कुनै कमी हुन नदिने बताएको छ।
- इलाम र झापा लगायतका जिल्लाहरूमा राहत व्यवस्थापनलाई प्रभावकारी बनाइनेछ, र कर्मचारी अभाव भएमा गृह मन्त्रालयबाट कर्मचारी पठाउने तयारी छ।
- प्राधिकरणका अनुसार बाढीपहिरोबाट ५३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट प्रभावित घरपरिवारलाई राहत व्यवस्थापनमा कुनै कमी हुन नदिने जनाएको छ ।
बुधबार सिंहदरबारमा राहत व्यवस्थापनसम्बन्धी बैठकमा सरोकारवाला निकायसँग छलफल गर्दै प्राधिकरणले बढी प्रभावित इलाम र झापाका साथै अन्य जिल्लाहरूमा पनि प्रभावकारी ढङ्गले राहत व्यवस्थापन गरिने जनाएको हो ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रशासन कार्यालयका साथै सबै निकायको समन्वयमा राहत व्यवस्थापनको कार्यलाई अघि बढाइने र कतै कमी तथा कतै दोहोरोपनको अवस्था आउन नदिने बताए ।
सबै भन्दा बढी क्षति भएको इलामबाट कर्मचारी अभावका कारण अझै पनि विस्तृत विवरण आउन नसकेकाले तत्कालै केही कर्मचारी गृह मन्त्रालयबाट पठाउने व्यवस्था गर्नुपर्ने उनले बताए ।
भट्टले धेरै जिल्लामा स्थानीय सरकारले प्रभावकारी ढङ्गले काम गरिरहेकाले कुनै समस्या भए केन्द्रबाट आवश्यक सहयोगको तयारीमा रहेको जानकारी दिए ।
प्राधिकरणले यसअघि नै प्रदेशलाई हस्तान्तरण गरिएका विपद् व्यवस्थापन सम्बन्धी गोदाम अहिले प्रयोगमा आएकाले उक्त गोदाममा कुनै कमी हुन नदिन आवश्यक समन्वय गरिने उनले उल्लेख गरे ।
प्राधिकरणका अनुसार असोज १७ देखि २० गतेसम्म भएको वर्षापछि आएको बाढी पहिरोका कारण हालसम्म ५३ जनाको मृत्यु भएको छ । जसमध्ये पहिरोका कारण ४०, बाढीका कारण ११ र चट्याङबाट २ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीमा ५ जना बेपत्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण